५५ प्रतिशत किसान परिवारलाई उब्जनीले वर्षभर खान पुग्दैन

काठमाडौं। कृषिप्रधान मुलुक नेपालमा आफ्नै उब्जनीले वर्षभर खान पुग्ने कृषक परिवार ४५ प्रतिशत मात्रै रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीवार सार्वजनिक गरेको सातौं राष्ट्रिय कृषि गणना २०७८ ले यस्तो देखाएको हो । कृषि गणनाको तथ्यांकअनुसार नेपालका कुल ६६ लाख ६७ हजार घरपरिवारमध्ये ४१ लाख ३१ हजार कृषक छन् । तीमध्ये आफ्नै कृषि उत्पादनबाट भएको आम्दानीले वर्षभर खान पुग्ने परिवार ४५ प्रतिशत छ । यो भनेको १८ लाख ५७ हजार परिवार हो । आफ्नै उत्पादनले वर्षभर खान नपुग्ने कृषक परिवारको संख्या २२ लाख ७४ हजार अर्थात् ५५ प्रतिशत छ । पछिल्लो दशकमा वर्षभर खान पुग्ने कृषक परिवारको संख्या ५ प्रतिशत बिन्दुले बढेको देखिएको छ । अघिल्लो गणनामा आफ्नै उब्जनीले खान पुग्ने कृषक परिवार संख्या ४० प्रतिशत थियो । खान नपुग्ने संख्या ६० प्रतिशत थियो ।  कृषि तथा पशुपन्छी गणना शाखाका निर्देशक डा. बद्रीकुमार कार्कीले खान पुग्ने कृषक परिवार संख्या वृद्धि हुनुमा विगतको तुलनामा रासायनिक मलको सहज उपलब्धता, उन्नत बीउको प्रयोग र बालीनालीमा लाग्ने रोग किराको औषधिको उपलब्धता प्रमुख कारणको रूपमा रहेको बताए । तर, कृषि पेशाबाट अन्य पेशामा जानेको संख्या बढिरहेकाले यो वृद्धिलाई सन्तोषजनक मान्न नसकिने उनको भनाइ छ । आफ्नो उब्जनीले वर्षभर खान नपुग्ने परिवारमध्ये ४७ प्रतिशतले ४ देखि ६ महीना खान नपुगेको बताएका छन् । तीन महीना पनि खान नपुग्ने २४ प्रतिशत छन् । अघिल्लो कृषि गणनामा ६ महीना खान नपुग्नेको अनुपात ४४ प्रतिशत र ३ महीना पनि नपुग्नेको अनुपात १८ प्रतिशत थियो । आफ्नै उत्पादनले खान नपुग्ने अवस्थाका ६२ प्रतिशत परिवारले देशभित्रै ज्याला मजदूरी, १८ प्रतिशतले विदेशमा मजदूरी, १० प्रतिशतले गैरकृषि व्यवसाय र ५ प्रतिशतले ऋण लिएर गर्जो टार्ने बताएका छन् ।  आफ्नै कृषि उत्पादनले खान नपुग्ने अवस्थाका ६२ प्रतिशत परिवारले देशभित्रै ज्याला मजदूरी गरेर जीवनयापन गरिरहेका छन् । १८ प्रतिशतले बाह्य मुलुकमा गएर मजदूरी गरेको बताएका छन् । त्यसैगरी १० प्रतिशत घरपरिवारले गैरकृषि व्यवसाय र ५ प्रतिशतले ऋण लिएर गर्जो टार्ने गरेको जवाफ दिएका छन् ।  खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी किसानको खेतबारीमा वन्यजन्तुले पुर्‍याउने क्षति, जलवायु परिवर्तनलगायत कुराले हाम्रो कृषि अद्योगतितिर गइरहेकोले यसलाई आवश्यक पर्ने मल, बीउ, प्रविधिजस्ता कुरामा सुधार गरेर अघि बढ्नुपर्छ । माटो छुन घीन नमान्ने संस्कारको विकास गर्न सकेमा मात्र नेपालको कृषिले प्रगति गर्न सक्ने उनले बताए । खेती गर्ने जमीनको क्षेत्रफल घट्यो पछिल्लो दशकमा नेपालमा कृषि गर्ने जमीनको क्षेत्रफल घटेको छ । सातौं कृषि गणना २०७८ अनुसार नेपालमा २२ लाख १८ हजार हेक्टर जमीनमा खेती गरिएको छ । कृषि गणना २०६८ तुलनामा यो ३ लाख ८ हजार हेक्टरले कम हो । त्यसबेला २५ लाख २५ हजार हेक्टर जमीनमा कृषि कार्य गरिएको थियो । खेती गर्ने जमीनको क्षेत्रफल घटे पनि कृषि कर्ममा लाग्ने परिवार संख्या भने बढेको तथ्यांकले देखाएको छ । नयाँ तथ्यांकअनुसार कृषि गर्ने परिवार संख्या ३ लाखले बढेको छ । अहिले देशभर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन् । २०६८ मा यस्तो संख्या ३८ लाख ३१ हजार थियो । मानिसले अन्य पेशा छोडेर कृषि अंगालेका कारण यो संख्या बढेको नभई कृषि कर्ममै संलग्न परिवार टुक्रिएर संख्या बढेको देखिएको निर्देशक कार्की बताउँछन् ।

सम्बन्धित सामग्री

एम्बुलेन्स चालकको परिवारलाई सहयोग

सिमकोट, ८ जेठ । कर्णाली नदीमा डुबेर बेपत्ता भएका हुम्लाको अदानचुली गाउँपालिकाका एम्बुलेन्स चालक छक्क बुढाको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । अदानचुली गाउँपालिकाका कर्मचारीले बुढाको परिवारलाई आर्थिक सहयोग गरेका हुन् । माछा मार्न जाल हाल्ने क्रममा बिहीबार हुम्ला कर्णालीमा डुबेर बेपत्ता भएका बुढाको परिवारलाई कर्मचारीले रु ४९ हजार तीन सय सङ्कलन गरेर सहयोग […]

शहीद परिवारलाई मासिकभत्ता

काठमाडौं, २ पुष । सप्तरीको राजविराज नगरपालिकाले बिभिन्न आन्दोलनमा शहीद भएका नगर क्षेत्र भित्रका शहीद परिवारलाई मासिक रु पाँच हजार एक सय उपलब्ध गराएको छ । आर्थिक वर्ष ०७९/८० को नगरसभाको निर्णयानुसार शहीदप्रति परिवारलाई जीवन निर्वाहका लागि मासिक पाँच हजार एक सय उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ । हालसम्म उक्त सहयोग राशि पाउने शहीद […]

कर्णालीमा बाढीपीडित : मृतकका परिवारलाई २५ हजार

सुर्खेत :  असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाको कारण पहिरोमा परी मृत्यु भएको परिवारलाई जनही २५ हजार किरिया खर्चस्वरुप कर्णाली प्रदेश सरकारले दिने भएको छ।तत्कालका लागि क्रिया गर्न मृतकका परिवारलाई सहज होस् भन्ने उद्देश्यले रकम परिवारलाई उपलब्ध गराउन लागिएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए।मुख्यमन्त्री शाहीले हुम्लामा सञ्चालन भएको विपद्सम्बन्धी कार्यक्रममा बोल्दै पहिरोबाट ज्यान गुमाउने कर्णाली प्रदेशका सबै मृतकका परिवारलाई किरिया खर्चस्वरुप राहत दिन सरकारले यो व्यव

दशैँका लागि  विपन्न परिवारलाई खाद्यान्न

सुर्खेत : जाजरकोटको नलगाड नगरपालिकाले अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ। आर्थिक अवस्था अत्यन्त कमजोर रहेका बादी र अन्य विपन्न समुदायलाई चाड दशैँलाई मद्देनजर गर्दै खाद्यान्न वितरण गरेको हो।नलगाडका विपन्न बादी र अन्य ५० परिवारलाई एक बोरा चामल, एक लिटर तेल र दुई केजी दाल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) मानबहादुर गिरीले जानकारी दिए। आर्थिक अभावका कारण घरमा चुह्लो बल्न धौ धौ परेका विपन्न परिवारलाई थोरै भए पनि चाडबाड मनाउन सहज होस् भनेर खाद्यान्न सहयोग गरिएको अधिकृत

वडाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग

सिमकोट – खार्पुनाथ गाउँपालिका–५ ले आफ्नो वडाभित्र मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गरेको छ। परिवारका सदस्यको मृत्युपश्चात् परिवारलाई काजक्रिया गर्न सहयोग पुर्‍याउनका लागि वडाले वार्षिक कार्यक्रम तय गरेर सहयोग गर्दै आएको हो। उक्त वडाका अध्यक्ष भरतजंग शाहीले मृतकका परिवारलाई थोरै भए पनि सहयोग पुर्याउन एक जना मृतकको परिवारका लागि १० हजार रुपैयाँ सहयोग गर्ने गरिएको […]

एक परिवारलाई एक विद्युतीय चुलो अनुदान

सरकारले एक परिवारलाई एक विद्युतीय चुलो अनुदानमा वितरण गर्ने भएको छ ।  आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।  ‘स्थानीय तह मार्फत एक परिवारलाई एक विद्युतीय चुलो अनुदानमा वितरण गर्ने व्यवस्था मिलाएको छु,’ उनले बजेट प्रस्तुत गर्दै भनेका थिए...

छोरीलाई सम्पती दिने परिवारलाई हिमा गाउँपालिकाको सम्मान

हिमा गाउँपालिकाले  छोरीलाई  सम्पती दिने  परिवारलाई सम्मान गरेको  छ । महिलासँग उपाध्यक्ष कार्यक्रममार्फत छोरीलाई पनि छोरा समान सम्पती दिएका घर परिवारलाई सम्मान गरेको हो ।  पालिकाले गाउँपालिका भित्रका छोरीलाई  सम्पती दिने परिवारलाई सम्मान गरेको उपाध्यक्ष हिमाली रोकायाले बताइन ।  उनले भनिन् , ‘नेपाल सरकारको छोरा हुन वा  छोरी दुबै बराबरी भन्ने सरकारी नारा लाई कार्यन्वयन गर्नका लागि  छोरीलाई  सम्पती दिने, छुइ प्रथा नबार्ने परिवारलाई सम्मान

मधेसका सहिद परिवारलाई मधेस सरकारबाट सम्मान: ५९ सहिद परिवारलाई लाखको चेक

मधेस आन्दोलनका क्रममा सहादत दिएका सहिद परिवारलाई मधेस सरकारले आर्थिक सहयोग तथा सम्मान गरेको छ। माघ ५ गते बुधबार राजविराजमा आयोजित चौथौ ‘बलिदानी दिवस’का अवसरमा सहिद तथा घाइते परिवारलाई नगदसहित सम्मान गरिएको हो।...

गरिब परिवारलाई पौष्टिक खाना

विराटनगर महानगरपालिका–१९ का गरिब तथा विपिन्न परिवारलाई ३ महिनासम्म पौष्टिक खाना खुवाउने कार्यक्रम सुरु गरिएको छ।...