नेपाल–भारतबीच आइतबार दशरथ रङ्गशालामा भएको अन्तरराष्ट्रिय मैत्रिपूर्ण फूटबल प्रतियोगिताको अवलोकन गर्न आउँदै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर, रासस
शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब बीचको खेल बराबरीमा टुंगिएको छ ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फूटबल संघ) कम्प्लेक्समा बुधवार भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेलेको हो ।
खेलको २६औं मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई शुरूआती अग्रता दिलाएका थिए ।
टेकबहादुर बुढाथोकीको पासमा उनले गोल गरे तर त्यो आर्मीको १–० को अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ६५औं मिनेटमा हि...
सोमवार अफ्रिका कप अफ नेसन्स फूटबल खेलअघि भागदौड मच्चिएपछि आठजनाको मृत्यु भएको छ ।
क्यामरून र कोमोरोस आइल्यान्ड्सबीचको खेलअघि मानिसहरू रंगशालामा पस्नका लागि मारामार गर्ने क्रममा दुर्घटना भएको हो ।
उक्त खेलमा क्यामरून २–१ ले विजयी भयो ।
क्यामरूनका गभर्नर नासेरी पल बियाले मृत्युसंख्याको मूल्यांकन भइरहेको बताए ।
घटनामा ४० जना घाइते भएकोमा उनीहरूलाई नजिकैको अस्पताल लगिएको छ ।
अस्पतालकी एक नर्सले केही घाइतेहरूको अवस्था निकै गम्भीर रहेको खुलासा गरे । उनीहरूलाई विशेष अस्पताल...
राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत शुक्रवारदेखि शुरूआत भएको सातौं चरणको पहिलो खेलमा त्रिभुवन आर्मी फूटबल क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुंगिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली एपिएफसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोली खेलको दोस्रो हाफमा १/१ गोल गरे । खेलको ६३औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई शुरूआती अग्रता दिल...
इरानको महिला फूटबल टीमकी गोलकीपर पुरुष भएको दाबी जोर्डनको फूटबल एसोसिएसनले गरेपछि विवाद उठेको छ ।
आक्रोशित इरानी टीमले जोर्डन फूटबल एसोसिएसनविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको छ ।
उज्बेकिस्तानमा सेप्टेम्बर २५ मा भएको खेलमा इरानकी गोलकीपर जोहरेह कोउदेईले पेनाल्टी शूटआउटमा दुईवटा पेनाल्टी जोगाएकी थिइन् । खेल ४–२ ले जितेर इरान वुमन्स एसिया कपमा छनोट भएको छ ।
खेलपछि जोर्डनले कोउदेईको लिंग जाँच्न माग गरेको थियो ।
कोउदेईले भनिन्, ‘म महिला हुँ । जोर्डनले हामीलाई हेप्यो ।...
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय टोली र रक्षा समाचारदाताबीच मैत्रीपूर्ण फूटबल खेल भएको छ ।
खेलमा निर्देशनालय ६–२ को फराकिलो गोल अन्तरले विजयी भएको हो ।
खेलमा सेनाकातर्फबाट प्रवक्ता सन्तोषबल्लभ पौडेल, महासेनानीद्वय ईश्वर श्रेष्ठ र पद्म बुढा, प्रमुख सेनानी प्रद्युम्न पौडेल तथा सेनानीद्वय विजय पाण्डे र रिसभ कार्कीले गोल गरेका थिए ।
सञ्चारकर्मीका तर्फबाट पुरुषोत्तम खत्री र उजिर कार्कीले १/१ गोल गरे । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेल मैदानमा मंगलवार भएको खेलमा सेनाका तर्फबाट सहायक रथी पौडेल र सम...
अमेरिकाको अलाबाामा फूटबल खेल खेलिँदै गर्दा गोलीकाण्ड भएको छ ।
शुक्रवार राति एक हाईस्कूल फूटबल म्याचमा अन्धाधुन्ध गोली चलाइएको हो । त्यसक्रममा चारजना घाइते भए ।
मैदानमा खेलाडीहरू भागाभाग गरेको भिडियो भाइरल बनिरहेको छ ।
स्थानीय प्रहरीका अनुसार, घाइतेमध्ये दुईजना नाबालक छन् । घाइतेमध्ये एकजनाको स्वास्थ्य गम्भीर छ ।
फूटबल विलियमसन हाईस्कूद र भायगर हाईस्कूलबीच भइरहेको थियो । स्टेडियमको वेस्ट र्याम्पमा गोली चलेको थियो ।
प्रहरीका अनुसार, लगभग सातवटा शट प्रहार गरिएका थिए । तीमध्ये चारको शे...
फूटबल खेल हेर्दा हृदयघात हुन सक्ने भनी वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।
जर्मनीको माइन्जमा रहेको योहानेस गुटनबर्ग विश्वविद्यालयले ब्राजिलमा सन् २०१४ मा भएको विश्वकपका बेलामा जर्मनीका अस्पतालमा भर्ना भएका मानिसको अध्ययन गर्दा प्रतियोगितामा हृदयघातको केस ५ प्रतिशतभन्दा बढी भएको पाए ।
युरोकप चलेको बेलामा ठूला टीमको खेल हुँदा अस्पतालमा थप कर्मचारी र शय्याको व्यवस्था गर्न अस्पताललाई समय दिने यसका अध्ययनकर्ताहरूले बताएका छन् ।
अध्येताहरूले हृदयघातका कारण अस्पतालमा भर्ना भएका र बितेका मानिसलाई चा...
फूटबल खेल हेर्दा हृदयघात हुन सक्ने भनी वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।
जर्मनीको माइन्जमा रहेको योहानेस गुटनबर्ग विश्वविद्यालयले ब्राजिलमा सन् २०१४ मा भएको विश्वकपका बेलामा जर्मनीका अस्पतालमा भर्ना भएका मानिसको अध्ययन गर्दा प्रतियोगितामा हृदयघातको केस ५ प्रतिशतभन्दा बढी भएको पाए ।
युरोकप चलेको बेलामा ठूला टीमको खेल हुँदा अस्पतालमा थप कर्मचारी र शय्याको व्यवस्था गर्न अस्पताललाई समय दिने यसका अध्ययनकर्ताहरूले बताएका छन् ।
अध्येताहरूले हृदयघातका कारण अस्पतालमा भर्ना भएका र बितेका मानिसलाई चा...
बुल्गेरियामा चौथो तहको फूटबल प्रतियोगिताको एक खेलमा रेफ्रीमाथि आक्रमण गर्ने खेलाडीहरूलाई कठोर सजाय दिन फूटबल प्रशंसकहरूले माग गरेका छन् ।
घटनाको भिडियोमा रेफ्रीले पहेंलो कार्ड देखाएपछि आक्रोशित खेलाडीहरूले उनलाई घेरेको देखिन्छ ।
एक खेलाडीले रेफ्रीलाई मुखैमा मुक्का हानेको अनि उनी तथा उनका साथीहरूले मैदानबाट लखेटेको देखिन्छ । त्यसपछि खेल बीचैमा स्थगित गरिएको थियो ।
अर्का एक खेलाडीले रेफ्रीको गाला चड्काएका थिए ।
बुल्गेरियाको चौथो डिभिजन फूटबल अर्धव्यावसायिक लीग हो । देशमा म...
ललितपुरको बाग्मती गाउँपालिका–४ प्युटारस्थित खयरघारी खेल मैदानमा ‘गाउँपालिका अध्यक्ष कप फूटबल प्रतियोगिता २०७७’ शुरू भएको छ ।
‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ गाउँपालिकाकै आयोजनामा शनिवारदेखि आउँदो बुधवारसम्म ५ दिन खेल सञ्चालन हुनेछ ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले प्रतियोगितामा १४ समूहका खेलाडीले भाग लिने बताए ।
उनले भने, ‘युवालाई खेलकूदको माध्यमबाट अघि बढाउन गत वर्षबाटै हामीले यस कामको थालनी गर...