आर्मी र हिमालयन शेर्पाबीचको फूटबल खेलमा बराबरी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब बीचको खेल बराबरीमा टुंगिएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फूटबल संघ) कम्प्लेक्समा बुधवार भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको २६औं मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई शुरूआती अग्रता दिलाएका थिए । टेकबहादुर बुढाथोकीको पासमा उनले गोल गरे तर त्यो आर्मीको १–० को अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ६५औं मिनेटमा हि...