आर्मी र एपीएफको फूटबल खेलमा १–१ गोलको बराबरी

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत शुक्रवारदेखि शुरूआत भएको सातौं चरणको पहिलो खेलमा त्रिभुवन आर्मी फूटबल क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुंगिएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली एपिएफसँग १–१ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोली खेलको दोस्रो हाफमा १/१ गोल गरे । खेलको ६३औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई शुरूआती अग्रता दिल...