'इस्ट टुरिजम मार्ट'को प्रवर्द्धन गर्न नेपालका पर्यटन व्यवसायी भारतमा

विराटनगर । सुनसरीको धरानमा आयोजना हुने 'इस्ट टुरिजम मार्ट २०२२' लाई प्रवर्द्धन गर्न पर्यटन व्यवसायीको प्रतिनिधिमण्डल भारतको पश्चिम बंगाल र बिहारतर्फ प्रस्थान गरेको छ ।  सिलिगुडीमा शनिबारदेखि तीन दिनसम्म आयोजना हुने बंगाल ट्राभल मार्टमा पूर्वका व्यवसायीहरूले पूर्वको पर्यटन प्रवर्द्धन गर्न पुगेका छन् । सो मार्टमा विराटनगर, धरान, इटहरी, काकरभिट्टा, दमक, बिर्तामोडलगायत स्थानबाट पर्यटन...

सम्बन्धित सामग्री

विहार र उत्तर प्रदेशका पर्यटन व्यवसायी पाल्पामा

बुटवल– भगवती जात्राको अवसरमा भारतका विहार र उत्तर प्रदेशका पर्यटन व्यवसायी पाल्पा आइपुगेका छन् । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाट्टा पाल्पा च्याप्टरले आयोजना गरेको कार्यक्रमअन्तर्गत छिमेकी मुलुकका ३० जना पर्यटन व्यवसायी र पत्रकारको टोली पाल्पा आएको हो । ऐतिहासिक जात्रा अवलोकनका साथै पाल्पामा रहेका विभिन्न पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले […]

पर्यटन प्रवर्द्धनका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

मुस्ताङ, फागुन २४। एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)ले म्याग्दी तथा हिमालपारीको जिल्ला मुस्ताङको कोरला नाकासम्म आजदेखि पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहयोगमा गर्न लागिएको प्रवर्द्धनात्मक कार्यक्रममा पर्यटन सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि, सञ्चारकर्मीसहितको सहभागिता छ । […]

नेपालको पर्यटन प्रवर्द्धन गर्न रुसमा कार्यक्रम

रूसमा नेपाली पर्यटन, आर्थिक कूटनीतिका अवसरलगायत समग्र नेपालको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली दूतावास मस्कोमा नेपाल प्रोमोशन इभेन्ट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मस्कोका प्रतिष्ठित रूसी पर्यटन व्यवसायी, नेपालमा उडान गर्ने तथा उडान गर्न इच्छुक विभिन्न एयरलाइन्सका प्रतिनिधि, पर्यटन पत्रकार, युट्युबर, ब्लगर, हिमाल आरोही, कूटनीतिज्ञ, प्रोफेसर, व्यवसायी, गैरआवासीय नेपाली संघ तथा रुस–नेपाल मैत्रीसंघ प्रतिनिधि, दूतावासका […]

नेपालमा पर्यटन प्रवर्द्धन गर्न रूसमा ‘नेपाल प्रमोसन इभेन्ट’

काठमाडौं । नेपाली पर्यटन, आर्थिक कूटनीतिका अवसरलगायत समग्र नेपालको प्रवर्द्धन गर्ने उद्देश्यले शनिवार नेपाली राजदूतावास मस्कोमा ‘नेपाल प्रमोसन इभेन्ट–२०२३’ कार्यक्रम गरिएको छ । कार्यक्रममा मस्कोका प्रतिष्ठित रूसी पर्यटन व्यवसायी, नेपालमा उडान गर्ने तथा उडान गर्न इच्छुक विभिन्न एअरलाइन्सका प्रतिनिधि, पर्यटन पत्रकार, हिमाल आरोही, कूटनीतिज्ञ, व्यवसायी, गैरआवासीय नेपाली संघका प्रतिनिधिलगायतको सहभागिता रहेको मस्कोस्थित नेपाली दूतावासले जानकारी दिएको छ । कार्यक्रममा रूसका लागि नेपाली राजदूत मिलनराज तुलाधरले नेपालमा रूसी पर्यटक तथा पर्यटन व्यवसायीका लागि बहुआयामिक अवसर रहेको र त्यसको सदुपयोग गर्न अनुरोध गरेका थिए । कार्यक्रममा सोभियत हिरो तथा कस्मोनाट भ्लादमिर अलेक्जेड्रोभिच द्जानिबेकोभ, नेपालका लागि रूसी महासंघका पूर्वराजदूत भ्लाच्किन सेर्गेई भासिलिभिच, गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रूसका अध्यक्ष शिवमणि भुर्तेल, रूसी आरोही इभान ट्रफिमोभिच दुसारिनलगायतले नेपालको पर्यटन, हिमाल आरोहण, संस्कृतिलगायत विविध पक्षको सम्भावना तथा वर्तमान अवस्थाबारे चर्चा गरेका थिए । नेपालमा रूसी पर्यटक पठाउने अग्रणी पर्यटन व्यवसायी लिओनिद माइस्निकोभ एवं सेर्गेइ पेस्किेभिचले नेपाल प्रवर्द्धनसम्बन्धी भिडियो तथा अन्य सामग्री प्रस्तुत गरेका थिए । रूसी बैंकर तथा व्यवसायी युरिय गुसेभले नेपालमा लगानीको अवसरको विषयमा प्रस्तुति दिएको दूतावासले जानकारी दिएको छ । कार्यक्रममा नेपाली संस्कृतिको झल्को दिने गरी जीवित देवी ‘कुमारी’को प्रदर्शनी गरिनुका साथै नेपाली सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो भने नेपाली परिकारसहितको रात्रिभोजको आयोजना गरिएको थियो । रासस

लमजुङको लिपे लेक प्रवर्द्धन गर्न पर्यटन व्यवसायी र दोर्दी गाउँपालिका जुटे

लमजुङ – लमजुङको दोर्दी गाउँपालिकाले स्थानीय पर्यटकीय गन्तव्य लिपे लेकलाई प्रवर्द्धन गर्न राउन्ड ट्रेक कार्यक्रम शुरू गरेको छ । ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेश समितिसँगको सहकार्यमा गाउँपालिकाले शुक्रबारदेखि राउन्ड ट्रेक शुरू गरेको हो । नौथरशेरा, इलम पोखरी, लिपेलेक, दाम्राङ हुँदै फेरि  नौथरशेरा पुग्नेगरि राउन्ड ट्रेक शुरू गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयाे । पर्यटन व्यवसायी, गाउँपालिकाका प्रतिनिधि, पत्रकार एवम् अन्य सरकारी प्रतिनिधिसहित २५ जनाको सह...

क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवर्द्धन गर्न टेवानसँग नबिल बैंकको साझेदारी

महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धन गर्न नबिल बैंकले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) सँग साझेदारी गरेको छ । पोखरामा आयोजित एक कार्यक्रम बीच बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र टेवानको तर्फबाट अध्यक्ष रेनु थापाले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।   वित्तीय साक्षरता, वित्तीय पहुँच र डिजिटल वित्तीय...

महिला उद्यमीलाई प्रवर्द्धन गर्दै हात्तीसारमा हाट बजार सम्पन्न

काठमाण्डाै – महिला उद्यमीलाई प्रवर्द्धन गर्दै माया मनोर बुटिक होटल हात्तीसारमा दुई दिने 'विमेन लेड हाट बजार' सम्पन्न भएको छ । फागुन २१ र २२ गते दिउँसो १ बजेदेखि बेलुकी ७ बजेसम्म चलेको हाट बजारमा महिला व्यवसायीका ४० वटा स्टल रहेका थिए । पर्यटन व्यवसायी तृषाग्नी शाक्यसँगै द पार्क बजारका सञ्चालक विशेषता श्रेष्ठ र निमा शेर्पा मानन्धरले तीन वर्षदेखि हाटबजार सञ्चालन गर्दै आएका छन् । महिलाहरूको व्यवसाय प्रवर्द्धन आयोजना गरिएको हाट बजारमा फरक क्षमता भएका र बेचबिखनमा परि उद्धार गरिएका महिलाले निर्माण गरेका गहनाको ...

राजनीतिक गतिविधि बढेसँगै चितवनका पर्यटन व्यवसायी उत्साहित

कात्तिक २६, चितवन । चितवनमा हिजोआज राजनीतिक गतिविधि बढ्दै गएको छ । देशभरका विभिन्न दलका नेता तथा कार्यकर्ता आउने जानेक्रम बढ्दै गएको छ ।  नेपाली काँग्रेसको जिल्ला अधिवेशन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय महाधिवेशन र मंसिर १० गतेबाट शुरु हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको महाधिवेशन चितवनमानै हुन लागेकोले पर्यटन व्यवसायी उत्साहित भएका छन् ।   कोरोना कहरले शिथिल बनाएको पर्यटन व्यवसायलाई राजनीतिक चहलपहलले उकास्ने देखिएपछि उनीहरु उत्साहित भएका हुन् । हाल चितवनका सौराहा, नारायणगढका होटलहरुमा पाहुनाहरुको बाक्लो उपस्थिति देखिदै आएको छ । कतिपय होटलहरुमा महाधिवेशन लक्षित कोठाहरु बुकिङ, सोधपुछ हुने गरेको व्यवसायीहरु बताउँछन् ।  जंगल सफारी लजका सञ्चालक एवम् क्षेत्रीय होटल संघ, सौराहाका पूर्व अध्यक्ष सुमन घिमिरे राजनीतिक गतिविधि बढेसँगै सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको बताउँछन् । ‘अहिले हरेक दल चितवन केन्द्रित भएका छन्, उनले भने, एमालेको महाधिवेशनले त हामी थप उत्साहित भएका छौं ।’ महाधिवेशन तयारीसँगै चितवनमा पार्टीका शिर्षस्थ नेता तथा कार्यकर्ताहरुको सहभागिता दिनहुँ बढ्दै गएको उनले बताए ।  ‘कोरोना कहरपछि हाम्रो लागि यो ठूलो अवसर हो, हामी महाधिवेशनमा आउने पाहुनलाई कसरी व्यस्थित र सेवा दिन सक्छौ भन्ने विषयमा छलफलमा छौं’ । चितवनमा हुने यस्ता गतिविधिले समग्र चितवन र नेपालको लागि प्रचारप्रसार सकारात्मक सन्देश जाने उनको भनाइ छ ।  क्षेत्रीय होटल संघ, सौराहाका अध्यक्ष दिपक भट्टराई जिल्लामा विभिन्न दलका अधिवेशन, महाधिवेशनले गर्दा पर्यटन क्षेत्र चलायमान हुँदै गएको बताउँछन् । ‘चितवनको पर्यटनको लागि अवसर र चुनौति दुवै छ, उनले भने, एक त हामीले देशभर निशुल्क रुपमा पर्यटन प्रवर्द्धन गर्न पाउनेछौं, अर्कोकुरा हामीले अतिथिहरुलाई दिने सेवामा कत्ति सन्तुष्ट पार्छौं भन्ने हो ।’     पर्यटन क्षेत्र मात्र होइन, यहाँको कृषि उत्पादन, यातायात, हवाई उडानदेखि सानासाना खाजा तथा चिया पसलमा पनि चहलपहल बढ्ने  भट्टराईको भनाइ छ । हाल महाधिवेशनमा आउने पाहुनालाई व्यवस्थित गर्न राजनीतिक दल, स्थानीय, अन्य पर्यटनसम्बन्धी संस्था र स्थानीयसँग छलफल भइरहेको उनले बताए ।  ‘झण्डै १० वर्ष पछि चितवनको पर्यटनको लागि ऐतिहासिक अवसर जुटेको छ । यसले हामीलाई उर्जाशील र उत्साहित बनाएको छ ।’ भट्टराईले भने । उनका अनुसार ती अतिथिहरुलाई लक्षित गरी छूटका प्याकेज, स्वागत, सजावटका काम शुरु गर्न लागिएको छ ।  सौराहामा महाधिवेशन मतदान प्रक्रिया र बन्द शत्र भएपनि नारायणगढका साना तथा होटलहरुपनि सबै प्याक हुने भएका छन् । नारायणगढको नारायणी किनारमा महाधिवेशनको उद्धघाटन हुने एमालेको पूर्व निर्धारित कार्यक्रम रहेको छ । जसका कारण सौराहामा मात्र नभई चितवनका अन्य पर्यटकीय क्षेत्र पटिहानी, मेघौली लगायतका क्षेत्रहरु पनि चलायमान हुने व्यवसायीको आशा छ ।  होटल व्यवसायी महासंघ,नेपालका वरिष्ठ उपाध्यक्ष एवम् होटल गंगोत्रीका प्रबन्ध निर्देशक दिनेश कुमार चुके कोरोनाले धराशायी भएको पर्यटन व्यवसायले यस्ता राजनीतिक चहलपहलले ठूलो राहत मिल्ने बताउँछन् । ‘अहिलेदेखिनै मेरो टांँडीको गंगोत्री हाइवे होटलको बुकिङ भइसकेको छ, उनले भने, नारायणगढको होटलमा पनि नेता तथा कार्यकर्ता आउने जाने क्रम छ ।’  जिल्लामा एकैपटक यति ठूलो संख्यामा देशभरबाट अतिथि पाहुना आउने भएकोले उनीहरुलाई पर्यटकीय प्याकेज बनाएर लैजानुपर्ने उनको तर्क छ । ‘चितवनमा ४० ओटा पर्यटकीय गन्तव्य छन् । यसको प्रवर्द्धन गर्न र चितवन चिनाउन पनि प्याकेज कार्यक्रम अपरिहार्य छ ।’ उनले भने   यसका लागि हरेक क्षेत्रका पर्यटन व्यवसायी, स्थानीय सरकारसँगको सहकार्य र समन्वय हुनुपर्ने चुकेले बताए ।  चितवनमा आगामी १० गतेदेखि नेकपा एमालेको महाधिवेशन शुरु भएदेखि व्यवस्थापनको लागि अलग्गै समिति उपसमिति बनाएर आ आफ्नो जिम्मेवारी अनुसार काम शुरु गरिएको छ । यसका लागि शिर्षस्थ नेताहरुसँग छलफल, व्यवस्थापन बारे छलफल भईरहेको छ ।   देशका सातै प्रदेशका नेता, कार्यकर्ता, प्रतिनिधि पालिका प्रमुख र अन्य देश विदेशबाट आउने अतिथि हरुलाई व्यवस्थापन गर्न नेकपा एमाले १० औं महाधिवेशन व्यवस्थापनका समिति पनि जुटिरहेको छ । महाधिवेशन मुल व्यवस्थापन समितिका सहसंयोजक एवं चितवन क्षेत्र नम्बर १ का सांसद सुरेन्द्र पाण्डे महाधिवेशनको तयारी र व्यवस्थापनका लागि जुटिरहेको बताउँछन् । ‘अहिले खाने बस्ने व्यवस्थापनको लागि होटल व्यवसायीहरुसँग छलफल भईरहेको छ । उनले भने, हामीले प्रत्येक प्रदेशबाट आउने अतिथिहरुलाई सोही प्रदेशका नेतृत्वकर्तालाई जिम्मेवारी सुम्पेका छौं ।’ नेकपा एमाले महाधिवेशनको लागि ५ लाखको हाराहारीमा अतिथिहरु आउने जानकारी दिँदै उनले यो एउटा पार्टी विशेषको लागि मात्र फाईदा नभई समग्र चितवनलाई चिनाउन र चितवनबासीलाई फाईदा पुग्ने बताए ।

प्रदेश २ मा पर्यटन प्रवर्द्धन : के भन्छन् सरोकारवाला ?

वीरगञ्ज । प्रदेश २ को आर्थिक विशेषतामा कृषि र उद्योग व्यवसायको सन्दर्भ अगाडि आउँछ । कृषिको भण्डार र बारा पर्सा औद्योगिक कोरिडोर समेटिएको यो प्रदेश उत्पादन र आपूर्तिको केन्द्र हो । तर, यो प्रदेशमा पर्याप्त पर्यटकीय सम्भावना रहेर पनि उपयोग हुन नपाएको सरोकारका पक्षको भनाइ छ । प्रदेशका धार्मिक र प्राकृतिक आकर्षणका स्थलहरू पर्यटक भित्र्याउने मुख्य आधार हुन् । प्रदेश राजधानी जनकपुरको धार्मिक सम्बन्ध भारतको अयोध्यासित जोडिएको छ । यो सम्भाव्यता प्रदेश २ मा धार्मिक पर्यटक भित्र्याउने मूल आधार हो । तर, विवाह पञ्चमीका अवसरमा हुने औपचारिकताबाहेक पर्यटन प्रवर्द्धनका लागि उल्लेख्य काम हुन सकेको छैन । जनकपुर र अयोध्याबीच भगिनी सम्बन्ध विकास गर्ने योजना बनेको पनि हो । यो योजनाले गति लिन सकेको छैन । नेपालकै मुख्य प्रवेशद्वार वीरगञ्ज र आपासका जिल्लाका अन्य धार्मिक स्थलहरूलाई पर्यटन प्रवर्द्धनको उद्देश्यसँग जोड्न सकिने होटेल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त बताउँछन् । वीरगञ्जसँगै जोडिएको पर्सा राष्ट्रिय निकुञ्ज पर्यापर्यटनका दृष्टिले निकै महत्त्वपूर्ण मानिएको छ । तर, यो स्थलले पर्यटक आकर्षित गर्न सकेको छैन । पर्सा निकुञ्जको पर्यटकीय महत्त्वलाई उजार गर्न निजीक्षेत्र अग्रसर देखिएको छ । नेपाली युवा उद्यमी फोरम वीरगञ्जका अध्यक्ष अनुप अग्रवाल पर्सा निकुञ्जलगायत प्रदेश २ का पर्यटकीय सम्भाव्यताको उपयोगका लागि पूर्वाधारका क्षेत्रमा लगानीको आवश्यकता औंल्याउँछन् । ‘पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारमा लगानीको खाँचो छ । सरकारले यसमा निजीक्षेत्रसँग सहकार्य गर्न सक्छ,’ अध्यक्ष अग्रवालले भने । फोरमले पर्सा निकुञ्जमा पर्यटकीय पूर्वाधार र यसको सम्भाव्यता दोहनको अभियान अघि बढाएको छ । प्रदेश २ मात्र यस्तो प्रदेश हो, जसका आठैओटा जिल्लाको सिमाना भारतसँग जोडिएको छ । यो विशेषता प्रदेशमा भारतीय पर्यटक भित्र्याउन सहज हुन सक्छ । यो प्रदेशसँग भारतको ठूलो जनसंख्या बसोवास गर्ने विहार राज्यसँग सिमाना जोडिएको छ । उत्तर प्रदेश र पश्चिम बंगालसँग सहज सम्पर्क छ । यी विशेषता भारतीय पर्यटक भित्र्याउने बलिया आधार भए पनि यसको उपयोगमा रणनीतिक योजनाको अभाव देखिएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् । केही दिनअघि निजीक्षेत्रको पहलमा बाराको सिमरादेखि पोखरासम्म हवाई सेवा शुरू भएको छ । भारतबाट वीरगञ्ज हुँदै पोखराका लागि आउन चाहाने पर्यटकलाई आकर्षित गर्न हवाई सेवा विस्तार गरिएको हो । ‘२ नम्बर प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि सबैभन्दा पहिला यहाँका पर्यटकीय सम्भाव्यताको पहिचान हुनुपर्छ । धार्मिक आस्था र संस्कृति नै प्रदेश २ को पर्यटनको मूल आधार हो । प्रचारप्रसारकै बलमा नजिकैका केही स्थलहरूको अधिक दोहन भइरहँदा यस क्षेत्रका प्रचुर सम्भावना भने खेर गइराखेका छन्,’ अध्यक्ष पन्तले भने ।