प्रदेश २ मा पर्यटन प्रवर्द्धन : के भन्छन् सरोकारवाला ?

वीरगञ्ज । प्रदेश २ को आर्थिक विशेषतामा कृषि र उद्योग व्यवसायको सन्दर्भ अगाडि आउँछ । कृषिको भण्डार र बारा पर्सा औद्योगिक कोरिडोर समेटिएको यो प्रदेश उत्पादन र आपूर्तिको केन्द्र हो । तर, यो प्रदेशमा पर्याप्त पर्यटकीय सम्भावना रहेर पनि उपयोग हुन नपाएको सरोकारका पक्षको भनाइ छ । प्रदेशका धार्मिक र प्राकृतिक आकर्षणका स्थलहरू पर्यटक भित्र्याउने मुख्य आधार हुन् । प्रदेश राजधानी जनकपुरको धार्मिक सम्बन्ध भारतको अयोध्यासित जोडिएको छ । यो सम्भाव्यता प्रदेश २ मा धार्मिक पर्यटक भित्र्याउने मूल आधार हो । तर, विवाह पञ्चमीका अवसरमा हुने औपचारिकताबाहेक पर्यटन प्रवर्द्धनका लागि उल्लेख्य काम हुन सकेको छैन । जनकपुर र अयोध्याबीच भगिनी सम्बन्ध विकास गर्ने योजना बनेको पनि हो । यो योजनाले गति लिन सकेको छैन । नेपालकै मुख्य प्रवेशद्वार वीरगञ्ज र आपासका जिल्लाका अन्य धार्मिक स्थलहरूलाई पर्यटन प्रवर्द्धनको उद्देश्यसँग जोड्न सकिने होटेल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त बताउँछन् । वीरगञ्जसँगै जोडिएको पर्सा राष्ट्रिय निकुञ्ज पर्यापर्यटनका दृष्टिले निकै महत्त्वपूर्ण मानिएको छ । तर, यो स्थलले पर्यटक आकर्षित गर्न सकेको छैन । पर्सा निकुञ्जको पर्यटकीय महत्त्वलाई उजार गर्न निजीक्षेत्र अग्रसर देखिएको छ । नेपाली युवा उद्यमी फोरम वीरगञ्जका अध्यक्ष अनुप अग्रवाल पर्सा निकुञ्जलगायत प्रदेश २ का पर्यटकीय सम्भाव्यताको उपयोगका लागि पूर्वाधारका क्षेत्रमा लगानीको आवश्यकता औंल्याउँछन् । ‘पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारमा लगानीको खाँचो छ । सरकारले यसमा निजीक्षेत्रसँग सहकार्य गर्न सक्छ,’ अध्यक्ष अग्रवालले भने । फोरमले पर्सा निकुञ्जमा पर्यटकीय पूर्वाधार र यसको सम्भाव्यता दोहनको अभियान अघि बढाएको छ । प्रदेश २ मात्र यस्तो प्रदेश हो, जसका आठैओटा जिल्लाको सिमाना भारतसँग जोडिएको छ । यो विशेषता प्रदेशमा भारतीय पर्यटक भित्र्याउन सहज हुन सक्छ । यो प्रदेशसँग भारतको ठूलो जनसंख्या बसोवास गर्ने विहार राज्यसँग सिमाना जोडिएको छ । उत्तर प्रदेश र पश्चिम बंगालसँग सहज सम्पर्क छ । यी विशेषता भारतीय पर्यटक भित्र्याउने बलिया आधार भए पनि यसको उपयोगमा रणनीतिक योजनाको अभाव देखिएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् । केही दिनअघि निजीक्षेत्रको पहलमा बाराको सिमरादेखि पोखरासम्म हवाई सेवा शुरू भएको छ । भारतबाट वीरगञ्ज हुँदै पोखराका लागि आउन चाहाने पर्यटकलाई आकर्षित गर्न हवाई सेवा विस्तार गरिएको हो । ‘२ नम्बर प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि सबैभन्दा पहिला यहाँका पर्यटकीय सम्भाव्यताको पहिचान हुनुपर्छ । धार्मिक आस्था र संस्कृति नै प्रदेश २ को पर्यटनको मूल आधार हो । प्रचारप्रसारकै बलमा नजिकैका केही स्थलहरूको अधिक दोहन भइरहँदा यस क्षेत्रका प्रचुर सम्भावना भने खेर गइराखेका छन्,’ अध्यक्ष पन्तले भने ।

सम्बन्धित सामग्री

पोखराको पर्यटन प्रवर्द्धन गर्न 'डुलुवा' समूह एक महिने भारत यात्रामा

कास्की – पोखराको पर्यटन प्रवर्द्धन गर्न युवाहरूको 'डुलुवा' समूह एक महिने भारत यात्रामा निस्केको छ । यस अगाडि नेपालका विभिन्न ठाउँमा पुग्ने गरेको समूह पहिलो पटक विदेशमा पर्यटन प्रवर्द्धन गर्न निस्केको हो । पोखरा पर्यटन व्यवसायीमा संलग्न रहेका १९ जना युवा प्रवर्द्धनका लागि भारतका विभिन्न सहर हुँदै लद्दाखसम्मको यात्रामा निस्केका हुन् ।    पोखरासहित नेपालका प्रमुख पर्यटकीय गन्तव्यकाे प्रवर्द्धन गर्दै टोलीले नेपालको महेन्द्रनगर, भारतको अमृतसर, कश्मीर, कार्गिल, लद्दाख, मनाली, सिम्ला, देहरादून, नैनीताल, हलपुर हुँद...

बजेट नै छुट्ट्याएर पर्यटन प्रवर्द्धन गरिँदै

काठमाडौं । कोरोना महामारीका कारण संकटमा परेको नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आगामी आर्थिक वर्षको बजेटमा १९ करोड ६० लाख रुपैयाँ बराबरको बजेट व्यवस्था गर्न सिफारिश गरिएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा नेपालको पर्यटन प्रवर्द्धन, प्रचारप्रसार र नेपाल खुला छ भन्ने सन्देश प्रवाहका लागि थप बजेट माग गरिएको राष्ट्रिय पर्यटन पुनरुत्थान समितिले बताएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम ओलेको अध्यक्षतामा गठित सो समिति मातहतको प्राविधिक समितिले सबद्ध सरोकारवालासँगको  छलफलका आधारमा कठिन समयमै नेपालको प्रचारप्रसार गरेर बढीभन्दा बढी पर्यटक भित्र्याउनुपर्ने सुझाव दिएको छ । प्राविधिक समितिका संयोजक राजाराम गिरीका अनुसार परम्परागत तवरले भन्दा पनि सृजनात्मक ढंगले प्रचार गर्नुपर्नेमा जोड दिइएको छ । सोही लक्ष्य हासिल गर्न आगामी सेप्टेम्बरमा अन्तरराष्ट्रिय पर्यटन शिखर सम्मेलन आयोजना गरिएको छ । सम्मेलनमा २० भन्दा बढी देशका उच्चस्तरीय प्रतिनिधिमण्डललाई सहभागी गराउने तयारी छ । त्यसमा नेपालमा सबैभन्दा बढी पर्यटक आउने देशका पर्यटनमन्त्रीलाई आमन्त्रण गरिनेछ । दक्षिण एशियाली मुलुकका पर्यटनमन्त्री तथा पर्यटन क्षेत्रमा काम गरिरहेका विज्ञ तथा जानकारलाई सम्मेलनमा सहभागिताका लागि आमन्त्रण गरिनेछ । नेपाललाई माया गर्ने अन्तरराष्ट्रिय पर्वतारोही, पदयात्री तथा नेपालको पर्यटनका क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मेलनमा सहभागी गराई, उनीहरूको सुझाव तथा सल्लाह लिन लागिएको संयोजक गिरीको भनाइ छ । सम्मेलनले विश्वव्यापी रूपमा ‘नेपाल खुला छ, नेपालको भ्रमण गर्नुस्’ भन्ने सन्देश विश्वव्यापी रूपमा प्रवाह गर्ने विश्वास समितिको छ । विश्वका प्रख्यात सेलिब्रेटीलाई आमन्त्रण गर्न थालिएको छ । सोही क्रममा अहिले टर्कीका प्रख्यात सेलिब्रेटी पोखरा पुगेका छन् । यस्तै, अन्य देशका कलाकार, खेलाडी तथा पर्वतारोहीलाई आमन्त्रण गरेर नेपालका बारेमा विश्वव्यापी रूपमा चर्चा परिचर्चाको केन्द्रमा पुर्‍याउने समितिले लक्ष्य तय गरेको छ । यस्तै, समितिले नेपालको हरेक पर्यटकीय क्षेत्रको जानकारी रहने गरी ‘टुरिजम डिजिटल म्याप’ बनाउने भएको छ । ‘एक गाउँ एक पर्यटन क्षेत्र’को अभियानलाई पनि सोही डिजिटल नक्सामा समावेश गर्ने लक्ष्य छ । सो काम नेपाल पर्यटन बोर्डले गर्नेछ । नयाँ पर्यटकीय गन्तव्यदेखि पुराना गन्तव्य पनि त्यसमा जोडिनेछन् । पर्यटकले सो नक्शा हेर्नेबित्तिकै नेपालका पर्यटकीय क्षेत्रको बारेमा थाहा पाउनेछन् । सो कार्यका लागि ५० लाख रुपैयाँ खर्च गर्ने तयारी गरिएको संयोजक गिरीको भनाइ छ । रासस

पर्यटन प्रवर्द्धन गर्दै साहसिक खेल जीपलाईनमा पर्यटनमन्त्री श्रेष्ठ सरर

काठमाडौं, १४ बैशाख । स्वास्थ्य र पर्यटनसँग जोडिएको साहसिक खेल जीपलाईनमा चढेर बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पर्यटन प्रवर्द्धन गरेका छन् । उनले जीपलाईन, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, स्काइङ, आइस क्लाइबिङ, क्यानोइङलगायतले नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारमा नयाँ आयम थप्ने बताए । साहसिक खेल, स्वास्थ्य र पर्यटनसँग जोडिएका यस्ता कुराको प्रवर्द्धनमा बागमती प्रदेश […]

संगीतका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै नेपाल पर्यटन बोर्ड

काठमाडौं: नेपाल पर्यटन बोर्डले संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने भएको छ। नेपालको लोक तथा परम्परागत संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि बोर्डले सुरसुधा र चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ) सँग सहकार्य गर्ने जनाएको छ। पर्यटन प्रवर्द्धनको लागि संगीत सशक्त माध्यम भएकाले सुरसुधा र पीएफसीएफ सँग सहकार्य गर्न लागिएको बोर्डका वरिष्ठ निर्देशक…

भरतपुर, लुम्बिनी र पोखराको त्रिकोणात्मक पर्यटन प्रवर्द्धन

भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले त्रिकोणात्मक पर्यटन प्रवर्द्धन गर्ने भएका छन् । भरतपुर महानगरपालिकाले शनिबार एक कार्यक्रममार्फत टुर प्याकेज घोषणासँगै स्वर्ण त्रिकोण गन्तव्य प्रवर्द्धन कार्यक्रम शुभारम्भ गरेको...

सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन गर्न साइकल यात्रा हुने

२४ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले निजी क्षेत्रसँगको समन्वयमा पर्यटन प्रवद्र्धनका लागि साइकल यात्रा गर्ने भएको छ । ‘सुदूरपश्चिम साइकल यात्रा २०७८’ नाम दिएर प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा अगामी पुष पहिलो साता साइकल यात्रा हुने भएको हो । पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले […]

पर्यटक बढ्न नसकेपछि पर्यटन प्रवर्द्धन अभियानमा बाँके निकुञ्ज

बाँके राष्ट्रिय निकुञ्ज पर्यटन प्रवर्द्धन अभियानमा जुटेको छ ।  २०६७ असार २८ गते स्थापना भएको यो निकुञ्जमा पर्यटकको आगमन भए पनि सन्तोषजनकरूपमा बढ्न नसकेकाले पर्यटन प्रवर्द्धन गर्ने रणनीतिका साथ काम थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहले जानकारी दिए ।  उनका अनुसार निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका लागि आवश्यक गतिविधि सञ्चालन भइरहेका छन् । बैजनाथ गाउँपालिकाको गाभर भ्याली सामुदायिक घरवास र कोहलपुर नगरपालिकाको खड्कवार घरवासमा घुम्न आउने पर्यटकलाई निकुञ्जमा ल्याउन आवश्यक समन्वय र सहकार्य भ...

पर्यटन बोर्डद्वारा पनौतीको पर्यटन प्रवर्द्धन

काभ्रेपलाञ्चोक । नेपाल पर्यटन बोर्डले विश्व सम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवद्र्धनार्थ घुम्ने स्थान र गर्न पाइने गतिविधि प्रचारमा ल्याएको छ । यसका लागि बोर्डले पनौती नगरभित्रका ऐतिहासिक सम्पदा एवं पर्यटकीयस्थललाई मान्यता दिँदै पर्चासमेत सार्वजनिक गरेको छ । नगर क्षेत्रका मनोरम पहाड, खेत, हिम-शृङ्खलाको दृष्यावलोकनले आन्तरिक एवं बाह्य पर्यटकलाई आनन्द […]

लुम्बिनीको थप पर्यटन प्रवर्द्धन गर्न आग्रह

लन्डन । परोपकारी संस्था बुद्ध फाउन्डेसन बेलायतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको थप पर्यटन प्रवर्द्धन र संरक्षण गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ । सन् २०१७ मा सो संस्था यहाँ दर्ता भएको थियो ।   लन्डनस्थित नेपाली दूतावासमार्फत हालै सरकारलाई एक ज्ञापन पत्र बुझाउँदै फाउन्डेसनले बुद्ध जन्मस्थलका बारेमा अन्तर्राष्ट्रिय स्तरमा थप प्रवर्द्धनका कार्यक्रम सञ्चालन  गर्न आग्रह गरेको हो […]