काठमाण्डाै – महिला उद्यमीलाई प्रवर्द्धन गर्दै माया मनोर बुटिक होटल हात्तीसारमा दुई दिने 'विमेन लेड हाट बजार' सम्पन्न भएको छ ।
फागुन २१ र २२ गते दिउँसो १ बजेदेखि बेलुकी ७ बजेसम्म चलेको हाट बजारमा महिला व्यवसायीका ४० वटा स्टल रहेका थिए । पर्यटन व्यवसायी तृषाग्नी शाक्यसँगै द पार्क बजारका सञ्चालक विशेषता श्रेष्ठ र निमा शेर्पा मानन्धरले तीन वर्षदेखि हाटबजार सञ्चालन गर्दै आएका छन् ।
महिलाहरूको व्यवसाय प्रवर्द्धन आयोजना गरिएको हाट बजारमा फरक क्षमता भएका र बेचबिखनमा परि उद्धार गरिएका महिलाले निर्माण गरेका गहनाको ...