हेटौंडा : मंसिर ४ गते भएको निर्वाचनमार्फत बागमती प्रदेशमा ७.५ प्रतिशत मात्रै महिला उम्मेदवार निर्वाचित भएका छन्। प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्षतर्फ पाँच मात्रै महिला निर्वाचित भएका हुन्।६६ निर्वाचन क्षेत्र रहेकोमा हालसम्म दोलखाको दुईबाहेक अन्य ६४ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आएको छ। बागमती प्रदेशमा दोलखाको १० वटा विवादित केन्द्रमा पुनः मतदान हुने भएकाले त्यहाँको नतिजा आइसकेको छैन। ती दुवै प्रदेश सभाको क्षेत्रमा महिला उम्मेदवार छैनन्।