२७ मंसिर, हेटौंडा । राष्ट्रिय अपांग महासंघ बागमती प्रदेश कार्यसमितिले बागमती प्रदेश सभाको संरचना अपाङ्गमैत्री बनाउन ध्यानाकर्षण गराएको छ । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई मंगलबार दिउँसो ध्यानाकर्षण पत्र बुझाउँदै अपाङ्गता भएका प्रदेश सभा सदस्य तथा अन्य व्यक्तिहरुलाई सहज आवतजावतको वातावरण बनाउन उनीहरुले माग गरेका हुन् । महासंघका बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालले बागमती […]