प्रदेश २ सरकारले जसपाको महन्थ पक्षका चार जना मन्त्रीलाई बर्खास्त गरेपछि मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको छ । त्यसका लागि जसपाको उपेन्द्र यादव पक्ष र काँग्रेसका नेताहरुबीच सोमबार छलफल भएपनि सहमति जुट्न नसकेपछि पुन: मुख्यमन्त्री राउतले नै काँग्रेस र माओवादीसँग छलफल गर्ने भएका छन् ।मुख्यमन्त्री लालबाबु राउतले महन्थ पक्षका मन्त्रीलाई बर्खास्त गर्दै काँग्रेस र माओवादीलाई सरकारमा सहभागी गराएर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका हुन् । यसअघि मन्त्रालयको भागबण्डा मिलाउन मुख्यमन्त्री