काठमाण्डाै - नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टी विसर्जनमा जान लागेको आरोप दोहोर्याउँदै एकताको अपिल गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेता नेपाल निकट नेताहरुले एक अपिलपत्र सार्वजनिक गर्दै नवौं महाधिवेशनपछि ओली स्वेच्छाचारी ढङ्गले चलिरहेकै कारण कम्युनिस्ट आन्दोलन नै विसर्जन हुने अवस्थामा पुगेको भन्दै चिन्ता जनाएका छन् ।
विशाल आन्दोलनको स्वरुपमा रहेको एमालेलाई अध्यक्ष ओलीले विसर्जनको दिशामा पुर्याएको र उहाँ श्रमजीवी, सहिदका सपना तथा आन्दोलनको मार्गबाट टाढा गएको अपिलम...