सुर्खेत : कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको १७ औँ बैठक पनि कार्यसूचिमै प्रवेश गर्न नपाई अवरुद्ध भएको छ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरु मंगलबार बसेको बैठकमा पनि विगतका कुराहरु दोहाेर्याउँदै आ–आफ्नै सिटमा उभिरहँदा बैठक अवरुद्ध भएको हो। सरकारमा रहेका एमाले खनाल–नेपाल समूहका तीन जना मन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने एमालेको अडान कायमै छ।झण्डै २७ मिनेट सञ्चालन भएको बैठक कार्यसूचिमा प्रवेश गर्न नपाएर स्थगित भएको छ। एमाले सांसद दानसिंह परियारले सुरुमै