प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आइतबारको प्रदेशसभा बैठक पनि अवरुद्ध गरेको छ । शुक्रबारका जस्तै आज पनि कार्य सूचीमा प्रवेश नै गर्न नदिएर एमालेले बैठक अवरुद्ध गरेको हो । निलम्बन गरिएका मन्त्री प्रदेशसभामा प्रवेश गरेको भन्दै एमालेले आठौँ अधिवेशनको १३ औँ बैठक अवरुद्ध गरको हो ।सरकारमा रहेका एमालेका तीनजना मन्त्री सत्तापक्षको सिटमा बसेका थिए । एमाले संसदीय दलका नेता यामलाल कँडेलले सुरुमै रोष्टममा उठेर सभामुखले रुलिङ गरे अनुरुपको व्यवस्थाको आसन व्यवस्था नभएको प्रति आपत्ति जनाए । उनले भने– &lsqu