काठमाडाैं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको अठारौँ बैठक अवरोध गरेपछि प्रदेशसभा बैठक स्थगित भएको छ।प्रतिपक्षी दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले चालु आव २०७८/७९ काे बजेटमा गठबन्धन सरकारले एमालेसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै चर्को विरोध गरे। 'बजेट निर्माणका सवालमा पनि सरकारले एमालेसँग सहकार्य गरेर अघि बढ्ने लिखित सहमति भयो,' उनले भने, 'योजना टुक्र्याउने, मुख्यमन्त्री रोजगार कार्यक्रम सच्याउनेजस्ता काम भयो। हरेक कुरामा सहमति विपरीत कार्य भए। यो