कर्णाली प्रदेशसभा बैठक शुक्रबार पनि कार्यसूचीमा प्रवेश नै गर्न नपाई अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले शुक्रबार पनि कार्यसूचीमा प्रवेश नै गर्न नदिएर अवरुद्ध गरेको हो । प्रदेश सभामुखले जेठ ३१ गते प्रदेशसभामा वाचन गरिए अनुसारको व्यवस्थापन नभएको भन्दै एमालेले आठौं अधिवेशनको १४ औं बैठक पनि अवरुद्ध गरको हो ।झण्डै १५ मिनेट चलेको संसद कार्यसूची प्रवेश नै गर्न नदिएर एमाले सांसद देवी ओलीले सुरुमै सभामुखले वाचन गरेअनुसार व्यवस्था र एमालेले उठाएको राजनीतिक मुद्दाको किनारा नलागुञ्जेलसम्म संस