काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्शी सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ ।
कम्पनीले ‘सचेत बनौँ ! करोना विरुद्धको यो लडाई घरमै बसेर लडौँ’ भन्ने सन्देश सहितको सांगीतिक भिडियो तयार पारेको हो ।
यस कोरोना महामारीमा सबैजनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेको छ । यो महामारीमा सबैको पीडा उस्त–उस्तै छ र महामारीसँग जुध्न देश साथमा रहेको सन्देश शब्द तथा भिडियोमा उल्लेख गरिएको छ । आफू बाँच्ने र अरुलाई पनि बचाउन हामी आफैले सावधान...