म्याग्दी : कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडक स्तरोन्नति र कालोपत्रेको काम निर्धारित समयभन्दा २ वर्ष ढिलो हुँदासमेत अझै कछुवा गतिमा छ।कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनले २०७६ मंसिरभित्रै सक्ने गरी बेनी–जोमसोम ७६ किमीलाई ४ प्याकेज बनाई ठेक्का लागेको भए पनि सडक विस्तार, स्तरोन्नति र कालोपत्रे म्याद सकिएको २ वर्षपछि पनि सुस्त गतिमा छ।उत्तरको चीन र दक्षिणको भारत जोड्ने अन्तरदेशीय यो सडकको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा मुस्ताङ जाने र फर