मुस्ताङमा कालोपत्रे, म्याग्दी खण्डको काम सुस्त

म्याग्दी-बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दी खण्डको काम सुस्त गतिमा अघि बढेको छ । मुस्ताङ खण्डमा कालोपत्रे र ग्राभेलको काम धमाधम भई रहँदा म्याग्दी खण्डमा भने निर्माण व्यवसायीले आलटाल गरिरहेका छन् । मुस्ताङ खण्डमा कैकु खोलादेखि खन्तीसम्मको २० किलोमिटर सडक अधिकाँश कालोपत्रे गरिएको छ । यो खण्डको सडक कालोपत्रेका लागि शर्मा गजुरमुखी जेभीसँंग ५४ करोड ३० लाख […]