चीन जोड्ने कालीगण्डकी करिडोरको काम सुस्त

२५ साउन, बेनी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कालीगण्डकी करिडोरअन्र्तगत बेनी–जोमसोम–कोरला खण्डको काम सुस्त भएको गुनासो बढेको बताएका छन् । जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभाको बिहीबार बेनीमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गराउन चौतर्फी रुपमा ताकेता गर्नुपर्ने बताए । उनले गण्डकी प्रदशभित्र रहेका कालीगण्डकी करिडोर, पोखरा …

सम्बन्धित सामग्री

कालीगण्डकी करिडोर : बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बागलुङ । बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ-हर्मिचौर खण्डको काम सुस्त भएको छ । निर्माण व्यवसायीले कामको भुक्तानी समयमा नपाउँदा करिडोर कालोपत्रको काम सुस्ताएको हो । बागलुङको मालढुङ्गाबाट छिमेकी जिल्ला गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक कालोपत्रको काम रोकिने अवस्थामा पुगेको हो । भएको कामको समयमा भुक्तानी नहुने भएपछि निर्माण व्यवसायीले काम रोकेको जनाएका छन् । […]

कालीगण्डकी तटबन्ध निर्माण सुस्त

बाढीको उच्च जोखिमयुक्त जिल्ला सदरमुकाम बेनीबजार बचाउन सुरु गरिएको आरसीसी तटबन्ध लगाउने काम सुस्त भएको छ ।

बेनी–कोरला सडक: म्याद सकिएको तीन वर्षमा ७२ प्रतिशत प्रगति

गण्डकी प्रदेशको लाइफलाइन मानिएको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला अन्तरदेशीय सडकको काम सुस्त छ । ०७६ मंसिरमा निर्माण सक्ने गरी ठेक्का लागेको सडकको माघ मसान्तसम्म ७२ प्रतिशत मात्र भौतिक प्रगति छ । ०७३ मंसिर १२ मा कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना स्थापना भएर १ सय ८६ किमि लामो सडक ७ मिटर कालोपत्रसहित ११ मिटर चौडा बनाउन ७ अर्ब ३५ करोड रुपैयाँमा ठेक्का लागेको थियो ।

बेनी–जोमसोम सडकको काम सुस्त

म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडक स्तरोन्नति र कालोपत्रको काम तोकिएको समय बितेको दुई वर्षमा पनि पूरा भएको छैन । कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले २०७६ मङ्सिरभित्रै सक्नेगरी बेनी–जोमसोम ७६ किलोमिटर सडक चार प्याकेज बनाई ठेक्का लगाएको थियो । तर सडक विस्तार र कालोपत्र गर्ने काम कछुवा गतिमा छ । चीन र भारत जोड्ने अन्तरदेशीय यो सडकको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा स्थानीयवासीका साथै मुस्ताङ जाने र फर्कने पर्यटक मारमा परेका छन् । यस्तै कोरला नाकाबाट नेपाल–चीन व्यापारको सम्भावना पनि क्षीण बनेको छ । निर्माण कम्पनीले उपकरण र जनशक्ति परिचालन बढाएर काम नगर्दा सडकले गति लिन नसकेको हो । मुस्ताङ खण्डको तुलनामा म्याग्दी खण्डको प्रगति न्यून छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेनी–जोमसोम सडक कालोपत्र गर्ने काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आगामी असार मसान्तसम्मको समयसीमा दिएको छ । गलेश्वरदेखि–नारच्याङ पुलसम्म २० किलोमिटर सडक स्तरोन्नतिको ठेक्का लिएको शर्मा युनाइटेड जेभी र नारच्याङ पुलदेखि मुस्ताङको घाँसास्थित कैकुखोलासम्मको १७ किलोमिटर सडकको ठेक्का लिएको शर्मा गजुरमुखीले सडक निर्माणमा ढिलासुस्ती गरेको छ । अत्यधिक चिसो बढेसँगै मुस्ताङ खण्डको काम ठप्प छ । आयोजनाको शुरू विन्दु गलेश्वरबाट मुस्ताङ सीमावर्ती घाँसासम्मको ४० किलोमिटर (पहिलो र दोस्रो प्याकेज) सडकको काम समेत सुस्त छ । अहिले ८–१० जना मजदूरले टेवा पर्खाल लगाउने काम मात्र गरिरहेका छन् । ‘बेनी–जोमसोम–कोरला सडकको पहिलो खण्डअन्तर्गत बेनी–जोमसोम ७६ किलोमिटरमध्ये मुस्ताङतर्फको ३८ किलोमिटर क्षेत्रमा अधिक चिसोले काम रोकिएको छ । म्याग्दीतर्फको ३८ किलोमिटर क्षेत्रमा सुस्त काम अति छ,’ कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले भने, ‘दशैं मनाउन गएका मजदूर पहिले निर्वाचनको कारण देखाएर रोकिए, अहिले चिसो छ भनेर फर्केका छैनन् । निर्माण तीव्र बनाउन व्यवसायीलाई ताकेता गरिरहेका छौं ।’ बेनी–घाँसा सडकखण्ड विस्तार गर्न प्राविधिक समस्या रहेको उनले बताए । ‘भीरकाटेमा सुरुङमार्ग बनाउन अध्ययन जारी छ भने रुप्से छहरामा अघिल्लो वर्ष बाढीले बगाएको मोटरेबल पुलको डिजाइनपछि ठेक्का लगाएका छौं, सम्झौता गर्न बाँकी छ,’ उनले भने । आयोजनाका अनुसार गतवर्षदेखि थपिएको पर्वतको मालढुंगा–बेनी १३ किमी र बेनी–गलेश्वर ३ किमी सडकमा काम भइरहेको छ । नालीको पानी पन्छाउने काममा स्थानीयले अवरोध गरेपछि ढिलाइ भएको थियो । मालढुंगा–बेनी सडकखण्डमा ठेक्का लगाएको २ वर्षमा ३५ प्रतिशत काम सकिएको आयोजनाले बताएको छ । गलेश्वर–तातोपानी पहिलो प्याकेजमा ७० प्रतिशत, तातोपानी–घाँसा दोस्रो प्याकेजमा ६५ प्रतिशत, घाँसा–कैकुखोला तेस्रो प्याकेज शतप्रतिशत र कैकु–जोमसोम सडकमा ६८ प्रतिशत काम सकिएको प्रजापतिले जानकारी दिए । ‘मुस्ताङतर्फको दुई प्याकेजको कटिङ, फिलिङ, रिटेनिङ वाल र नालीको काम सकिएको छ । गर्मीयाम शुरू भएर कालोपत्र गर्न योग्य तापक्रम पुग्नेबित्तिकै कालोपत्र गर्नेगरी तयार रहन ठेकेदारलाई भनेका छौं,’ उनले भने, ‘म्याग्दी क्षेत्रको दाना खण्डमा ठूला बाढीपहिरोले धेरै क्षति पुर्‍याएकाले व्यवसायीले प्रगति देखिनेगरी काम गर्न सकेनन् ।

बेनी–जोमसोम सडकको काम सुस्त‚ २ वर्ष म्याद थप्दा पनि सकिएन

म्याग्दी : कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडक स्तरोन्नति र कालोपत्रेको काम निर्धारित समयभन्दा २ वर्ष ढिलो हुँदासमेत अझै कछुवा गतिमा छ।कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनले २०७६ मंसिरभित्रै सक्ने गरी बेनी–जोमसोम ७६ किमीलाई ४ प्याकेज बनाई ठेक्का लागेको भए पनि सडक विस्तार, स्तरोन्नति र कालोपत्रे म्याद सकिएको २ वर्षपछि पनि सुस्त गतिमा छ।उत्तरको चीन र दक्षिणको भारत जोड्ने अन्तरदेशीय यो सडकको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा मुस्ताङ जाने र फर

उत्तर–दक्षिण लोकमार्गको काम सुस्त

दुई छिमेकी मुलुक चीन र भारत जोड्ने उत्तर–दक्षिण लोकमार्गको भौतिक प्रगति कमजोर देखिएको छ । उत्तर र दक्षिणको सीमानाका जोड्ने तीनवटा लोकमार्ग कोसी, कालीगण्डकी र कर्णालीको निर्माणले लक्ष्यअनुसार गति लिन सकेको...

मुस्ताङमा कालोपत्रे : म्याग्दीको काम सुस्त

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजनाको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डको काम धिमा गतिमा अघि बढेको छ । मुस्ताङ खण्डमा कालोपत्रे र ग्राभेलको काम धमाधम भइरहँदा म्याग्दी खण्डमा भने निर्माण व्यवसायीले आलटाल गरिरहेका छन् ।

‘कालीगण्डकी करिडोरको काम सुस्त’

बेनी: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कालीगण्डकी करिडोरअन्र्तगत बेनी–जोमसोम–कोरला खण्डको काम सुस्त भएको गुनासो बढेको बताएका छन्। जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभाको बेनीमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गराउन चौतर्फी रुपमा ताकेता गर्नुपर्ने बताए। उनले ...