गण्डकी प्रदेशको लाइफलाइन मानिएको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला अन्तरदेशीय सडकको काम सुस्त छ । ०७६ मंसिरमा निर्माण सक्ने गरी ठेक्का लागेको सडकको माघ मसान्तसम्म ७२ प्रतिशत मात्र भौतिक प्रगति छ । ०७३ मंसिर १२ मा कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना स्थापना भएर १ सय ८६ किमि लामो सडक ७ मिटर कालोपत्रसहित ११ मिटर चौडा बनाउन ७ अर्ब ३५ करोड रुपैयाँमा ठेक्का लागेको थियो ।