भोजपुर : विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिका भरिका उत्कृष्ट अंक ल्याउने नौजना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ।वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई ‘गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम’अन्तर्गत एक लाख रुपैयाँ वितरण गरिएको छ। कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका चारवटा विद्यालयमा कक्षा ५, ८ र १० मा अध्ययनरत विद्यार्थीलाई पुरस्कृत गरिएको हो।सानोदुम्मा मावि सोनोदुम्मा, तिवारी भञ्ज्याङ माध्यमिक विद्यालय, महादेवी आधारभू