कञ्चनपुर : महाकाली साहित्य संगम कञ्चनपुरका अध्यक्ष हरिशप्रसाद जोशीले आमाबुवाको स्मृतिमा पुरस्कार स्थापना गरेका छन्।जोशीले बुवा दामोदर र आमा गंगाको सम्झनामा गंगादामोदर जोशी स्मृति पुरस्कार स्थापना गरेका हुन्।अध्यक्ष जोशीले शुक्रबार पुरस्कार राशिको रकम ५० हजार मुद्दती खातामा जम्मा गरेका छन्। पुरस्कार राशि संगमका कोषाध्यक्ष लक्ष्मीकान्त भट्टलाई हस्तान्तरण गरेपछि खातामा जम्मा गरिएको छ।मेघा बैंकमा खाता खोलेर पुरस्कार राशि जम्मा गरिएको छ। अध्यक्ष जोशीले साहित्य र संस्कृतिको क्षेत्रमा योगदान