नोबेल पुरस्कार विजेतालाई सम्बन्धित मुलुकबाट नै पुरस्कार प्रदान गरिने

यस बर्षको नोबेल पुरस्कार अन्तर्गत विज्ञान र साहित्य तर्फका विजेताहरूलाई उनीहरूको आफ्नै देशबाट पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको नोबेल पुरस्कार फाउण्डेसनद्वारा गठित समितिले बिहीबार कोभिड–१९ महामारीलाई उद्धृत गर्दै यस्तो व्यवस्था गरिएको बताएको छ । परम्परागत रूपमा नर्वेबाट प्रदान गरिँदै आएको नोबेल शान्ति पुरस्कारसम्बन्धी निर्णयबारे भने अहिलेसम्म कुनै निर्णय नगरिएको फाउण्डेसनले जानकारी गराएको छ ।नोबेल समितिले यस वर्षको नोबेल शान्ति पुरस्कार विजेतालाई ओस्लोमा स्वागत गर्ने सम्भावना अझै खुला

सम्बन्धित सामग्री

अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक डेनियल काहनेम्यानको निधन

वासिङ्टन डिसी (अमेरिका) । नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक डेनियल काहनेम्यानको निधन भएको छ । सन् २००२ मा अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता डेनियलको ९० वर्षको उमेरमा निधन भएको हो ।  अमेरिकाको प्रिन्सटन विश्वविद्यालयले उनको मृत्युको घोषणा गरेको छ, जहाँ उनी सन् १९९३ देखि काम गरिरहेका थिए ।  उनी व्यवहारात्मक अर्थशास्त्रका पर्यायवाची मानिन्छन्, यद्यपि उनले अर्थशास्त्रको औपचारिक शिक्षा भने लिएका छैनन् । उनी सबैभन्दा धेरै विक्री हुने पुस्तक ‘थिंकिङ, फास्ट एन्ड स्लो’ लेखक पनि हुन् । उक्त पुस्तक सन् २०११ मा प्रकाशित भएको थियो ।  उक्त पुस्तकले निर्णय गर्ने मनोविज्ञानको व्याख्या गरेको छ । पुस्तकले मानिसको सोच्ने र छनौट गर्ने दुईओटा तरिकाबारे दर्शाएको छ । पहिलो– छिटो, सहज र भावनात्मक । दोस्रो– ढिलो, थप विचारशील र थप तार्किक ।  उनीबारे प्राध्यापक एल्डर शफिरले भने, ‘डेनियल एक विशाल, एक प्रिन्सटन स्टार, एक शानदार मानिस, एक महान सहकर्मी र मित्र थिए ।’   डेनियल सन् १९३४ मा इजरायलको तेल अभिभमा जन्मिएका थिए । उनले आफ्नो बाल्यकाल भने फ्रान्समा बिताएका थिए, त्यहाँको एक रसायन कारखानामा उनका बुबा अनुसन्धान प्रमुख थिए ।  सन् १९४८ मा उनको परिवार प्यालेस्टाइनमा सरेको थियो । उनले सन् १९५४ मा जेरुसेलमको हिब्रु विश्वविद्यालयबाट स्नातक गरेका थिए । त्यसको चार वर्षपछि उनले अमेरिकाको क्यालोफोर्निया विश्वविद्यालयबाट मनोविज्ञानमा विद्यावारिधि शुरु गरेका थिए ।  त्यसपछि सन् १९६१ मा उनी जेरुसेलम फर्किएका थिए । उनी मनोविज्ञान प्राध्यापकको रूपमा आफ्नो करिअर शुरु गर्न जेरुसेलम फर्किएका थिए । त्यहाँ उनको भेट संज्ञानात्मक मनोवैज्ञानिक आमोस टिभरस्काईसँग भयो । उनीसँगको भेटले उनलाई अर्थशास्त्रमा नोबेल पुरस्कार जित्ने मार्गमा डोर्याएको थियो । बीबीसी

‘इन्क एण्ड इन्साइट्स’मा नोबेल पुरस्कार विजेता वैज्ञानिक रोबर्ट्स

काठमाडौं । लेखक सुमित शर्मा समीरले सञ्चालन गरिरहेको पोडकास्ट इन्क एण्ड इन्साइट्समा नोबेल पुरस्कार विजेता वैज्ञानिक सर रिचार्डस् जे रोबर्ट्स आएका छन् । बेलायतका वैज्ञानिक रोबर्ट्सले सन् १९९३ मा फिजियोलोजी तथा मेडिसिन विधामा नोबेल पुरस्कार पाएका थिए । उनले मोलिकुलर बायोलोजी तथा जिन सिक्वेन्सिङमा अतुलनीय योगदान दिएको मानिन्छ । रोबर्ट्ससँगको पडकास्ट इन्क एण्ड इन्साइट्समा सोमबार […]

नोबेल पुरस्कार विजेता युनुसलाई छ बर्ष जेल सजाय

काठमाडौं, पुस १७ । बङ्गलादेशका नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई श्रम कानुनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै छ महिनाको जेल सजाय तोकिएको छ । उनका समर्थकले उक्त मुद्दालाई राजनीतिबाट प्रेरित रहेको दावी गर्दै आएका छन् । ८३ वर्षीय युनुसलाई आफ्नो अग्रणी माइक्रोफाइनान्स बैंकमार्फत लाखौंलाई गरिबीबाट माथि उकास्ने श्रेय दिइन्छ तर लामो समयदेखि प्रधानमन्त्री रहेकी शेख हसिनासँग […]

नोबेल पुरस्कार विजेता युनुसलाई १० लाख डलरबढी कर तिर्न अदालतको आदेश

बङ्गलादेशको सर्वोच्च अदालतले नोबेल पुरस्कार विजेता तथा माइक्रोफाइनान्सका अगुवा मोहम्मद युनुसलाई तीन वटा परोपकारी ट्रस्टलाई दिएको ७० लाख अमेरिकी डलर दानमा १० लाख डलरभन्दा बढी कर तिर्न आदेश दिएको छ । हाल प्रधानमन्त्री शेख हसिनासँग टाढिएका भनिएका आफ्नो अग्रणी माइक्रो क्रेडिट बैंकबाट लाखौंलाई गरिबीबाट माथि उकास्ने श्रेय पाएका ८३ वर्षीय युनुसलाई सामाजिक कामका नाममा गरिबहरूको […]

दुई अमेरिकी र एक डेनिस रसायनशास्त्रीलाई यस वर्षको नोबेल पुरस्कार

काठमाडौँ- अमेरिकाका दुई र डेनमार्कका एक रसायनशास्त्रीले ‘क्लिक केमेस्ट्री’का लागि गरेको योगदानका लागि यस वर्षको नोबेल पुरस्कार प्राप्त गरेका छन् । अमेरिकी क्यारोलिन बर्टोजी र ब्यारी शार्पलेस तथा डेनमार्कका मोर्टेन मेल्डललाई ‘क्लिक केमेस्ट्री र बायोओर्थोगोनल केमेस्ट्री’को विकासका लागि सम्मान गरिएको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार समितिले बुधबार जनाएको छ । यस वर्ष हालसम्म नोबेल पुरस्कार विजेता सात […]

रुसी पत्रकारले युक्रेनीलाई सहयोग गर्न नोबेल पुरस्कार लिलामी गर्ने

रुसका नोबेल पुरस्कार विजेता पत्रकारले रुसी आक्रमणका कारण शरणार्थी बनेका युक्रेनीहरुको सहयोग गर्न आफ्नो नोबेल पुरस्कार पदक दान गर्ने बताएका छन्। रुसी सत्ताको आलोचना गर्ने नोभाया गाजेत पत्रिकाका प्रधानसम्पादक डिमित्री मुरातोभले आफ्नो नोबेल शान्ति पुरस्कार पदक युक्रेनी शरणार्थीका लागि आवश्यक सहयोग जुटाउन दान गर्ने घोषणा गरेका हुन्। गएको फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता एक […]

सन् २०२० का नोबेल पुरस्कार विजेता

प्रत्येक वर्ष डिसेम्बर १० मा विश्वप्रसिद्ध नोबेल पुरस्कार वितरण गरिन्छ । नोबेल पुरस्कार छनोट समितिले विभिन्न मुलुकका १२ व्यक्ति र एउटा संस्थालाई यो वर्षको नोबेल पुरस्कारका लागि चयन गरिसकेको छ । नर्वेली वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा स्थापित विश्वप्रसिद्ध गौरवशाली पुरस्कार प्राप्त गर्ने यस वर्षका भाग्यमानीहरू निम्नानुसार छन् ।साहित्यतर्फ : साहित्यतर्फ यस वर्षको नोबेल पुरस्कार प्राप्त […]