भैरव वाङ्मय पुरस्कार साहित्यकार चञ्चललाई, कलाकार अधिकारीलाई भैरव प्रतिभा पुरस्कार

काठमाण्डाै – साहित्यकार भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले सार्वजनिक गरेको छ । भैरव पुरस्कार गुठीको बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो । जसअनुसार २०७९ सालको भैरव पुरस्कार वासुदेव विद्यादेव लुइँटेल गुठीलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि एक लाख ११ हजार एक सय ११ रुपैयाँ रहेको छ । एक लाख एक हजार १ सय ११ रुपैयाँ राशिको भैरव वाङ्मय पुरस्कार साहित्यकार विश्वम्भर चञ्चललाई प्रदान गरिने गुठीले जनाएको छ । त्यस्तै ५१ हजार...

सम्बन्धित सामग्री

कलाकार रामचन्द्र अधिकारीलाई यस वर्षको भैरव प्रतिभा पुरस्कार प्रदान गरिने

काठमाडौं । कलाकार रामचन्द्र अधिकारीलाई यस वर्षको भैरव प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । भैरव पुरस्कार गुठीले यस वर्षको पुरस्कार प्रदान गरिने स्रष्टाहरुको नाम सार्वजनिक गर्दै अधिकारीलाई ५१ हजार १०० रुपैयाँ राशीको भैरव प्रतिभा पुरस्कार प्रदान गर्ने जनाएको हो । यस्तै यस वर्षको भैरव पुरस्कार विद्यादेव लुइँटेल गुठी र भैरव वाङ्मय पुरस्कार साहित्यकार विश्वम्भर […]