समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । यसले असार १ गतेदेखि ७ लाख ७२ हजार ६६६ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको थियो । कम्पनीले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो ।लगानीकर्ताले न्यूनतम १०० रूपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि कम्पनीले चै