कोशी प्रदेशसभाले पारित गर्‍यो प्रतिस्थापन विधेयक

विराटनगर। कोशी प्रदेशसभाको बैठकले ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मत पारित गरेको छ । आर्थिक वर्ष शुरू भएको चार महीनापछि कोशी प्रदेशको बजेट अनिश्चितता उक्त विधेयक पारित भएसँगै अन्त्य भएको छ । नेपाली कांग्रेसबाट विद्रोह गरी एमालेको सहयोगमा सरकार निर्माण गरेपछि शनिवार मुख्यमन्त्री तथा आर्थिक मामिलामन्त्री केदार कार्कीले कोशी प्रदेशसभामा बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक पेश गरेका थिए । विधेयकमाथिको छलफलमा प्रदेशसभाका सदस्यहरू गम्बु शेर्पा, सपना दर्जी, किशोरचन्द्र दुलाल, विदुरकुमार लिङ्थेप, राजन किराँती, विनोद राई, डोल्मा तामाङ, छवि चुँडाल र रामप्रसाद महतोले भाग लिएका थिए । 

सम्बन्धित सामग्री

काेशी प्रदेशमा बजेट प्रतिस्थापन विधेयक सर्वसम्मत पारित

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतले ल्याएको बजेट प्रतिस्थापन विधेयक कोशी प्रदेश सभाबाट पास भएको छ । कार्कीले तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न शनिवार कोशी प्रदेश सभामा बजेट प्रतिस्थापन विधेयक पेस गरेका थिए । उनले पेस गरेको विधेयक छलफल पछि सर्वसम्मतले […]

कोशीमा बजेटको आकार बढ्यो

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चालु आर्थिक वर्षका लागि बजेट अध्यादेशमा भन्दा ५० करोडले आकार बढाउँदै प्रतिस्थापन विधेयक प्रदेशसभामा पेश गरेका छन्।...

कोशीको बजेट प्रतिस्थापन विधेयकमा सांसदका २५ लाखमाथिका योजना राखिने

५ मंसिर, विराटनगर । कोशी सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिस्थापन विधेयक ९ मंसिरमा प्रदेशसभामा पेश गर्ने तयारी गरेको छ । गत असार र भदौमा गरी दुई पटक अध्यादेशबाट जारी गरिएको बजेटको प्रतिस्थापन विधेयक ल्याउँदा मुख्यमन्त्री केदार कार्कीले प्रदेश सांसदका २५ लाख रुपैयाँ भन्दा माथिका योजना छनोट गर्ने तयारी गरेका छन् । असारमा […]

कोशी सरकार विस्तार छठपछि मात्रै

काठमाडौं, २५ कात्तिक । कोशी प्रदेश सरकार छठपछि मात्रै विस्तार हुने भएको छ । हिजो (शुक्रबार) मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो र एकीकृत समाजवादीका नेता राजेन्द्र राईसँग सरकार विस्तार र बजेट प्रतिस्थापन विधेयक र समसामयिक विषयमा छलफल गरेका थियो । सो क्रममा सत्तारुढ तीन दलबीच छटपछि मात्रै सरकार […]

कोशीमा अध्यादेश जारी भएसँगै बजेट शून्यता हट्यो

मोरङ : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा २०२ को उपधारा १ बमोजिम कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश २०८० जारी गरेका छन्। अध्यादेश जारी भएसँगै कोशी प्रदेशमा रहेको बजेट होलीडेको समस्या अन्त्य भएको छ। गत भाद्र १० गतेसम्म तत्कालिन प्रदेश सरकारले प्रतिस्थापन विधेयक वा अध्यादेश जारी गर्न नसक्दा कोशी प्रदेशमा बजेट शुन्यताको अवस्था आएको थियो।अध्यादेश जारी भएपछि राजस्व संकलन र खर्च गर्न कानुनी बाटो खुलेको छ। हिक्मत कुमार कार्की नेतृत्वको सरक

बजेट शून्यता रोक्न कोशीमा प्रतिस्थापन विधेयक ल्याउने तयारी

कोशी प्रदेशसभामा बजेट शून्यताको अवस्था आउन नदिन गठबन्धन सरकारले अध्यादेशबाट ल्याइएको बजेटको प्रतिस्थापन विधेयक ल्याउने भएको छ । गठबन्धन दलहरूको बैठकले सदनमा रहेको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने निर्णय गरेको हो ।