काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) सिफारिसविपरीत विद्यालय सञ्चालन गर्ने भएको छ । आउँदो आइतबारदेखि विद्यालय सञ्चालन गर्ने नगरपालिकाले विज्ञप्ति नै जारी गरेको छ ।
तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल भने तत्काल उपत्यकाका विद्यालय खोल्ने तयारी नरहेको बताउँछन् । माघ मसान्तअघि उपत्यकामा विद्यालय खोल्ने...