लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले संसद्को अंकगणितमा सफल भएपनि गठबन्धन दलकै विश्वास जित्नुपर्ने चुनौती देखिएको छ । शुक्रबार विहानसम्म विश्वासको मत नदिने भन्दै घुर्काइरहेका साना दललाई व्यवस्थापन गर्नुपर्ने शर्त रहेको छ । महरा सर्तैसर्तको घेराबन्दीमा छन् । शर्त पूरा नगरे सरकार नै ढल्न सक्ने जोखिम उत्तिकै छ ।