काठमाडौं- लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । सोमबार मुख्यमन्त्री केसीले प्रदेश सभामा विश्वासको मत दिइयोस भन्ने प्रस्ताव राखेका थिए । सो प्रस्तावको पक्षमा ४२ मत प्राप्त भएको छ । हाल ८० सदस्यीय कायम रहेका प्रदेश सभामा उनले पाएको मत स्पष्ट बहुमत हो । सोमबार बैठकमा ४३ जना उपस्थित थिए । […]