पोर्चुगलको मध्यवर्ती भेगमा पर्ने तोरेस भेद्रास सहर नजिकै रञ्जन दाहाल (तस्बिर) ले यसरी ब्रोकाउली टिप्न थालेको तीन दिन भयो। ‘तीन दिनयता मेरो भुइँमा सुत्नुपर्ने अवस्था फेरिएको छ,’ उनी भन्छन्, ‘मैले ओछ्यान पाएको छु।’ एक वर्षअघि पोर्चुगल आइपुगेका रञ्जन यसअघि मुलुकको दक्षिणवर्ती भेगमा बेरी (उन्नत जातको ऐंसेलु) टिप्ने काम गर्थे। ‘त्यहाँ १५ जनालाई एकै ठाउँमा कोचेर […]