नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्व विना मुलुकको समृद्धि हुन नसक्ने बताएका छन् ।
रेडियो नेपाल कर्मचारी युनियनको आठौं अधिवेशन समारोहमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थायित्वमा समस्या देखिँदै गएको संकेत गर्दै एकातर्फ एमाले र अर्काेतर्फ गठबन्धन दलले राजनीतिको नेतृत्व गरिरहेकाले कसको नीति र योजना ठीक हो भनेर पहिचान गर्नुपर्नेमा बेला आएको पनि बताए ।
‘एउटा कोण नेकपा एमालेको छ, यसको निष्कर्ष आर्थिक विकास र समृद्धि, देश बनाउने सपना, यसका लागि राजनीतिक स्था...