सहकर्मी न्यायाधीशहरूले इजलास बहिष्कार गरेको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले एकल इजलासमा बुधवार ५ थान मुद्दाको सुनुवाइ गरे ।
गत सोमवार र मंगलवार आफूबाहेक उनले इजलासको पेशी तोक्दै आएका थिए तर सहकर्मी न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका थिए ।
सुनुवाइ नै ठप्प भएको अवस्थामा उनी आफैंले एकल इजलास तोकेर बुधवार ५ वटा मुद्दामा आदेश गरेर न्यायालय ठप्प नरहेको सन्देश दिन खोजेका छन् ।
जबराको इजलासमा सन्तोषकुमार पाण्डेको मुद्दा तामेलीमा राख्ने निर्णय गरिएको छ । उनले लुम्बिनी प्रदेशका सभामुखविरुद्ध अदालतको ...