गरिमा गुमाएको न्यायालय

काठमाडौँ – सन् २०२१ मा नेपालको न्यायालय इतिहासमा सर्वाधिक विवादित बन्न पुग्यो। २०६२–६३ को राजनीतिक परिवर्तनपछि प्रत्यक्ष राजनीतिक हस्तक्षेपबाट गुज्रदै आएको न्यायालय एक वर्षको अवधिमा झन् विवादित र बदनाम भयो। गत वर्ष पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असंवधौनिक रुपमा गरेको पहिलो संसद विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालत प्रवेश गरेसँगै न्यायालय राजनीतिको केन्द्रमा तानियो। […]

सम्बन्धित सामग्री

न्यायिक सुधारको एजेण्डामा बार मौन

काठमाडौं । न्यायिक सुधारको आवाज उठाउँदै प्रधानन्यायाधीशको बर्खास्त होस् वा प्रधानन्यायाधीश नियुक्तिको लागि नेपाल बार सँधै आन्दोलनको अग्रमोर्चामा रह्यो । तर संविधान कुल्चदै सरकारले सर्वोच्च अदालतलाई फेरि पनि नेतृत्वविहीन अवस्थामा पुर्‍याउँदा बार भने मौन छ । जसले बार न्यायालयको गरिमा भन्दा पनि निहित राजनीतिक स्वार्थको आधारमा चल्ने गरेको आरोपलाई थप सघाएको छ । न्यायालय सुधारको […]

सर्वोच्च अदालतको श्रीयन्त्र र रामशाहपथको गरिमा

२०११ सालमा म काठमाडौं आउँदा रानीपोखरीको दक्षिणतर्फ प्रधान न्यायालय थियो, जो १२ असार १९९७ सालमा स्थापना भएको हो । पछि २०१५ सालमा कानून पढ्न फेरि काठमाडौं आएँ । त्यसबेला प्रधान न्यायालयको सट्टा सर्वोच्च अदालत खडा भइसकेको थियो, जो सर्वोच्च अदालत ऐन २०१३ अनुसार जन्मेको थियो । प्रधान न्यायालय खारेज भएपछि त्यसका प्रधानन्यायाधीश हरिप्रसाद प्रधान पनि […]

प्रधानन्यायाधीशको बहिर्गमन न्यायालय सुधारको प्रस्थान विन्दु : नेपाल बार

२४ मंसिर, काठमाडौं । नेपाल बार एशोसिएसनले न्यायपालिकाको गरिमा बचाउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लगाउन माग गरेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बारको मानव अधिकार तथा जनसरोकार समितिले मानव अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनमार्फत १६ बुदे घोषणापत्र जारी गरेको छ । जसको बुँदा नम्बर ८ मा भनिएको छ, ‘… न्यायपालिकाको गरिमा बचाउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको […]

५ दलीय समन्वय समितिले भन्यो : न्यायालय गतिरोधको शीघ्र निकास हुनुपर्छ

काठमाडौँ– सत्तारुढ पाँच दलीय गठबन्धनले केही दिनयता सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधबारे ध्यानाकर्षण भएको जनाएको छ । सिंहदरबारमा मंगलबार बसेको गठबन्धन अन्तर्गतको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले राज्यको महत्वपूर्ण अंगको रूपमा रहेको न्यायापालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्नेमा जोड दिएको छ । बैठकले न्यायालयभित्र छिटै निष्कर्ष निस्कने विश्वास […]

प्रधानन्यायाधीशको राजीनामा माग्दै राजेन्द्र महतोले भने– राणाले न्यायिक विचलन गरे

वीरगन्ज– न्यायालय विवादमा मौन बसेका दलहरूले मुख खोल्न थालेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेका छन् । वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले न्यायिक विचलनको आरोप लागेका प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्ने बताए । न्यायालयमा भइरहेको आन्दोलनको जिम्मा प्रधानन्यायाधीश राणाले लिनुपर्ने भन्दै उनले न्यायालयको गरिमा बचाउन पनि तत्काल […]

ओलीको स्वार्थन्धताले न्यायालयको गरिमा गिर्दै

राजनीतिक आदर्शलाई अपमान गरिँदाको परिणाम हो, आजको न्यायालय । ठूला भनिएका दलको पछिल्लो मौनताले त्यसैको पुष्टि गरेको छ । न्यायका उपभोक्ताको अधिकार खोसिँदा पनि नसुध्रिने, पक्षविपक्षमा उभिने राजनीति र त्यसको नेतृत्वबाट अझै पनि हामी के अपेक्षा गरिरहेका छौं ? राजनीति समाज बदल्ने प्रक्रिया हो, कसैको व्यक्तिगत स्वार्थ सिद्ध गर्ने माध्यम हो…

कानुनका विद्यार्थीद्वारा सर्वोच्च अगाडि प्रदर्शन (तस्बिरहरु)

कानुन विषय अध्ययनरत विद्यार्थीहरुले मंगलबार सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले न्यायालयको गरिमामा आँच आउने कार्य कसैबाट हुन नहुनेमा सो क्रममा जोड दिएका थिए । सर्वोच्च अदालत अगाडि विभिन्न प्लेकार्डसहित भेला भएका विद्यार्थीहरुले अदालतको आत्मा र न्यायालयको गरिमा नै धरापमा पार्नेगरी न्यायालय विवादित भयो भने देशको अवस्था के होला भन्ने प्रश्न गरेका थिए । यसैबीच प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष सम्पादकीय: तपाईं गन्हाउनुभयो, अब राजीनामा गर्नुस् प्रधानन्यायाधीशज्यू !

निष्पक्ष र तटस्थ रहनुपर्ने न्यायालय अहिले चरम विवादको भूमरीमा फसेको छ, न्यायालयको नेतृत्व गर्ने व्यक्तिकै भूमिकाका कारण । आममानिसले न्यायालयबाट न्याय पाउने आशा मार्न थालिसकेका छन् । न्यायालयप्रति आमनागरिकको विश्वास यसपूर्व सायदै यति धेरै खस्केको थियो । न्यायालयको नेतृत्व गर्ने व्यक्ति नै हरेक ठाउँमा भागबण्डा खोज्दै हिँड्न थालेपछि न्यायालयप्रति आमजनताको भरोसा टुट्नु अस्वाभाविक होइन । पछिल्ला वर्षमा राज्यका अन्य अंगमा बाह्य हस्तक्षेपको प्रभाव परे पनि न्यायालय र सेनाले आफ्नो गरिमा कायम राखिरहेका थिए । अहिले आएर प्रधानन्यायाधीशले हर...

स्वतन्त्र न्यायालयले आफ्नो गरिमा उचो राख्यो : योगेश भट्टराई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल (प्रचण्ड)–माधवकुमार नेपाल समूहका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले संसद पुनःस्थापनाको फैसला गरेर सर्वोच्च अदालतले स्वतन्त्र न्यायालय र आफ्नो गरिमा उचो राखेको बताएका छन्।नेता भट्टराईले ट्वीट गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको निर्णय उल्टाउने सर्वोच्च अदालतको फैसलाले जनता र लोकतन्त्रको जित भएको प्रतिक्रिया दिएका छन्। ट्वीटरमा भट्टराईले लेखेका छन्,‘सर्वोच्च अदालतले स्वतन्त्र न्यायालय र आफ्नो गरिमालाई उचो पारेको