जलविन्दु समयमा पहिचान नगरे दृष्टि नै गुम्न सक्ने खतरा हुने चिकित्सकले बताएका छन् । नेपालमा सन् २०११ मा गरिएको एक सर्भेका अनुसार कुल अन्धोपनमध्ये ५ प्रतिशत जलविन्दुको कारणले हुने गरेको देखाएको छ । विश्वमा सन् २०४० सम्म ११ करोड १८ लाखलाई जलविन्दु हुने अनुमान गरिएको छ ।९० प्रतिशत पत्ता नलागेको अवस्थामा रहेको छ ।१ अर्ब आँखा स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका छन् ।