आईएपीबीमा दृष्टि विशेषज्ञ श्रेष्ठ नियुक्त

इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइडनेस (आईएपीबी) मा दृष्टि विशेषज्ञ जुनु श्रेष्ठ नियुक्त भएकी छन् । दृष्टि विशेषज्ञको रूपमा नेपालका तर्फबाट पहिलो पटक श्रेष्ठ नियुक्त भएकी हुन् । भिजन २०२० र आईएपीबीको नीति तथा योजना म्यानेजरमा श्रेष्ठ नियुक्त भएकी हुन् । आईएपीबी विश्व स्वास्थ्य संगठनको आँखा स्वास्थ्य हेर्ने विभाग हो । यसको मुख्यालयको लन्डन छ । श्रेष्ठ नेपाल दृष्टि विशेषज्ञ सङ्घका कोषाध्यक्षसमेत हुन् ।

सम्बन्धित सामग्री