दृष्टि फर्केपछि उज्यालिएका अनुहार

बिहीबारदेखि उनको आँखाको ज्योति फेरि फर्केको छ। दृष्टि फर्केपछिको खुसी थापाको अनुहारमा प्रस्टै देखिन्थ्यो। ‘आँखामा ज्योति नहुँदाको पीडा शब्दमा व्यक्त गर्न नसकिँदो रहेछ,’शल्यक्रियाबाट दृष्टि फर्किएपछि खुसी हुँदै उनले भने, ‘बुढेसकालमा आँखाको ज्योति पाएँ, फेर...

सम्बन्धित सामग्री

दृष्टि फर्किएपछि उज्यालिएका अनुहार

ऐसेलुखर्कबाट झन्डै पन्ध्र घण्टा लामो यात्रा गरेर लहान घुम्न आएकी होइनन् शुशीला खुलाल। जन्मदै दुबै आँखा नदेख्ने १० वर्षीय छोरा लालबहादुरको आँखाको ज्योती फर्काउने आशमा उनी लहानको सगरमाथा चौधरी आँखा अस्पताल आइपुगेकी हुन्।

राजवका चार कविता

अमेरिका  अहिले पनि यहाँ  रंगभेदका क्रूर आँखाहरू छन्  जो   जेब्राक्रसमा बाटो काट्नेहरूका   अनुहार घुर्छन् गोरा देखिए  रोक्छन्  नदेखिए  आफ्ना कार बेपर्वाह हुँइक्याउँछन्   काला अनुहार एसियन अनुहार   अफ्रिकी अनुहारका लागि  यी आँखाहरू खतरा छन्   भ्रममा नहुनुस्  गोराइतरका लागि  अमेरिका बदलिएको छैन  सहन सक्नुहुन्छ भने आउनुस्  ००० पर्खाल जसले दिँदैन प्रकाश  जसले दिँदैन बतास   जसले दिँदैन दृष्टि  जसले रोक्छ पाइला  त्यो पर्खाल  जहाँ लगाइएको होस्  बर्लिनको मानिनेछ ०००  घरको लागि  म  घर छोडेर  विदेश लाग्छु  र बारबार  घरको लागि  स्वदेश फर्कन्छु  ००० एक...

कोरोना संक्रमितमा ब्ल्याक फङ्गस देखियो :  चिकित्सक

जेठ १४, वीरगञ्ज । कोरोना संक्रमणसँग सामाना गरिरहेका केही बिरामीमा पछिल्लो समय ब्ल्याक फङ्गस (कालोढुसी) को देखिएको चिकित्सकहरूले बताएका छन् ।  कोरोना संक्रमण जितेर अस्पतालबाट डिस्चार्ज भइसकेकाहरू ब्ल्याक फङ्गसको समस्या लिएर आउने गरेको नारायणी अस्पताल वीरगञ्जका चिकित्सक डा निरज सिंहले जानकारी दिए ।  नेपाली युवा उद्यमी फोरम वीरगञ्जले शुक्रवार ब्ल्याक फङ्गस संक्रमणबारे चिकित्सकहरूसित गरेको भर्चुअल अन्तरक्रियामा डा सिंहले ब्ल्याक फङ्गसको उपचार अत्यन्तै जटिल रहेको बताए । औषधी सहजै उपलब्ध नहुने र लामो समयसम्म उपचार गर्नुपर्ने भएकाले यो चुनौतिपूर्ण रहेको उनले बताए ।  औषधी अभावमा वीरगञ्जमा भेटिएका संक्रमितलाई उपचारका लागि भारतका विभिन्न शहरका अस्पतालमा पठाउनु परेको डा सिंहको भनाइ छ । वीरगञ्जमा उपचारका लागि आएकामध्ये आठ जनामा यस्तो संक्रमणको लक्षण देखिएकोमा अहिलेसम्म २ जनाको ज्यान गइसकेको रचिकित्सकहरूले बताएका छन् ।  संक्रमण शरीरको कुन अंगमा छ त्यसका आधारमा लक्षण फरक फरक देखिने चिकित्सकहरूको भनाइ छ । सामान्यत : नाकबाट पानी बग्ने, आँखा सुन्निने, आँखा र टाउको दुख्ने, आँखा धमिलो देखिने र दृष्टि गुमाउनेजस्ता लक्षण देखिने डा नितीन तुल्स्यानले बताए । केही संक्रमितमा नाकबाट रगत बग्ने, मुख बांगो हुने, आँखाको वरपर कालो दाग देखिने, आँखाबाट रगतजस्तो पदार्थ बग्नेजस्ता लक्षण पनि देखिने पनि चिकित्सहरू बताउँछन् ।  संक्रमण मस्तिस्कसम्म फैलिएको छ भने उच्च ज्वरो आउने, अनुहार सुन्निने, नाक जाम हुने, फोक्सोमा संक्रमण भएमा खोकी लाग्ने, सास फेर्न कठिन हुने छाती दुख्नेजस्ता जटिल लक्षण देखिने डा. सिंहले जानकारी दिए । पेट दुख्ने, बान्ता, पनि यो संक्रमणको लक्षण भएको उनले बताए ।  फङ्गसको संक्रमणमा मुत्यु दर ५० देखि ६० प्रतिशतसम्म रहने डा. चन्दन बरनवालले जानकारी दिए । विगतमा अनियन्त्रित मधुमेह र एचआईभी संक्रमितमा विरलै देखिने यो संक्रमण अहिले वीरगञ्ज र काठमाडौंमा कोरोना संक्रमितमा भेटिएको उनले बताए ।  ब्ल्याक फङ्गस हाम्रै वातावरणमा रहेको माटो, बोटविरुवा, कुहिएका फलफूल र तरकारीमा पाइने भएकाले सरसफाइमा ध्यान दिनुपर्ने सुझाव चिकित्सकहरूको छ । यो संक्रमण मानिसबाट मानिसमा नसर्ने डा बरनवालले बताए ।  अन्तरक्रियामा युवा उद्यमी फोरमका अध्यक्ष अनुप अग्रवालले कोरोना महामारी र यसै बेला थपिएको फङ्गसको संक्रमणबाट जोगिन सबै पक्षको सतर्कता र सहकार्य आवश्यक भएको औंल्याए । उक्त अवसरमा नेपाल  उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठ र वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले महामारी नियन्त्रण र सचेतना अभिवृद्धिमा स्वास्थ्यकर्मीहरूको योगदानको प्रशंशा गरेका थिए ।

हाम्रो शरीरले यसरी संकेत गर्छ बुढ्यौलीको

कपाल फुल्नु, अनुहार चाहुरिदै जानु, आँखाको दृष्टि कमजोर हुँदै जानु, श्रवण शक्ति हराउँदै जानु सामान्यत बुढ्यौलीका संकेत हुन् । हुन त अरु कतिपय अवस्थामा पनि यस किसिमको शिथिलता देखिन सक्छ । यद्यपि उमेर गुज्रिदै गएपछि …

सामाजिक सञ्जालमा सारी र दाह्री भएका तस्बिर हाल्ने प्रतिस्पर्धा

सामाजिक सञ्जाल हिजोआज काल्पनिक सम्पादनले अनुहार फेर्ने एपका फोटो अनि सारीप्रति महिलाको दृष्टि र लगावका चर्चाले भरिएको छ।