डिजलको मूल्य घट्दा स्थानीय रुटमा चल्ने सार्वजनिक सवारीको भाडा भने समायोजन भएको छैन । पेट्रोलियम पदार्थको मूल्य बढ्दा भाडा समायोजन गर्न हतारिने यातायात व्यवसायी अहिले चुपचाप यात्रुसँग पुरानै भाडा असुलिरहेका छन् । भाडा घटाउने निर्णय सरकारले नगरेकाले पुरानै भाडादर लिइरहेको व्यवसायी बताउँछन् ।