वैशाख १९, काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डसँग आइतवार अनुमति मागेको हो ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
५ दशमलव २६ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ७५ हजार पुगेको छ । यही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ३८ करोड ६९ लाख ७७ हजार पुग्नेछ ।