पोखरामा पर्यटन विस्तार सन्तोषजनक

पोखरालाई पर्यटनको राजधानी घोषणासँगै समग्र पर्यटन क्षेत्रमा अहिले आशाको किरण छाएको छ । योसँगै पर्यटन क्षेत्रमा लगानी पनि बढ्दो देखिन्छ । कोभिडले केही समय शिथिल पारेको पर्यटन क्षेत्र अहिले बिस्तारै पुरानै गतिमा अघि बढेको छ । सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै पर्यटनमा वामे सरेको पोखरा अहिले विश्व पर्यटन बजारको ‘ब्रान्ड’ बनेको छ । त्यसो त पोखरामा पर्यटकीय गन्तव्य प्रशस्त छन् । प्राचीन संस्कृति, कला र सभ्यताका दृष्टिले पनि पोखरा र सिङ्गो गण्डकी प्रदेश अगाडि छ । अहिले पोखरामा पर्यटनका लागि ठुलो लगानी छ ।

सम्बन्धित सामग्री

ठोरीको पर्यटन प्रवर्द्धनका लागि सरोकारवालाको प्रतिबद्धता

वीरगञ्ज । पर्साको ठोरी क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि सरोकारका पक्ष एकजुट भएका छन् । सोमवार होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले ठोरीमा आयोजना गरेको ‘ठोरीको पर्यटन प्रवर्द्धनमा सरोकारवालाहरूको भूमिका’ विषयक अन्तरक्रियाका सहभागीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । मधेश प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री सुनिता यादवले भारतीय सिमानासँग जोडिएर रहेको ठोरी क्षेत्रमा पर्यटनको पर्याप्त सम्भावना रहेको भन्दै प्रवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन् । ‘मधेशमा उद्योग, व्यापार र कृषिसँगै पर्यटनको पनि पर्याप्त सम्भावना छ,’ उनले भनिन्, ‘यो सम्भावनाको उपयोगका लागि प्रदेश सरकार सधैं तत्पर छ ।’ विगतमा मधेशको पर्यटन प्रवर्द्धनमा सन्तोषजनक काम हुन नसकेको भनाइ उनको थियो । मधेश सरकारले अब सरोकारका पक्षसँग सहकार्य गरेर अघि बढ्ने उनले स्पष्ट पारिन् । ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले प्रदेश सरकारले ठोरीको पर्यटकीय सम्भावना उपयोगमा सहयोग नगरेको गुनासो गरे । मधेश सरकारले विगतमा ठोरीको पर्यटन विकासका लागि १० करोड रुपैयाँ दिने आश्वासन दिएर निकासा भने नदिएको उनले बताए । सो रकम चालू आर्थिक वर्षमा उपलब्ध गराउन मन्त्रीसँग आग्रह पनि गरे । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले ठोरी क्षेत्र पर्यटकीय दृष्टिले निकै सम्भाव्य रहेको बताए । पर्यटन प्रवर्द्धन र यसको अवसर उपयोगमा निजीक्षेत्र सधैं तयार र सचेत रहेको उनले प्रस्ट पारे । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले पर्यटन प्रवर्द्धनका नाममा भ्रष्टाचार बढी भएको आरोप लगाए । अब पनि पर्यटनको बजेटमा भ्रष्टाचार भए त्यसको हिसाब खोज्न प्रदेश राजधानी जनकपुर नै पुग्ने चेतावनी अध्यक्ष पन्तले दिए । सो अवसरमा संघले मन्त्री यादव र वीरगञ्ज उद्योग वाणिज्य संघका नवनियुक्त पदाधिकारीलाई सम्मान समेत गरेको थियो ।

सिजनको पर्यटक आगमनः उत्कृष्ट भन्न मिल्दैन, सन्तोषजनक ठान्नुपर्छ

कोरोना भाईरस संक्रमण सुरु हुनुअघि यो अवधिमा पर्यटन क्षेत्र निकै नै चम्किन्थ्यो। तर, कोरोनाले गर्दा खस्केको यो आगमनले अहिले कोरोना कमजोर हुँदा पनि पहिलेको आकारमा फर्किन सकेको छैन। सन् २०२२ मा पर्यटन क्षेत्रले कोरोनाबाट निकै नै माथि उठ्ने अपेक्षा गरेको थियो...

बढ्यो पर्यटकीय गतिविधि

कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ। सन् २०२२ को सुरुवाती चरणदेखि सुधारोन्मुख पर्यटक आगमन बेसिजनमा समेत सन्तोषजनक रहेको पर्यटक आगमनको तथ्याङ्कले देखाएको छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२२ को आठ महिनामा हवाई मार्गबाट मात्रै तीन लाख २६ हजार ६६७ पर्यटक नेपाल भित्रिएका छन्। वर्षायाममा नेपाल आउने पर्यटक तुलनात्मक रूपमा कम हुने भए पनि यस वर्षको अगस्टमा मात्रै ४१ हजार ३०४ जना पर्यटक नेपाल भित्रिएको देखिन्छ। सन् २०२० को अगस्टमा जम्मा २५६ पर्यटक नेपाल भित्रिएकाम

सौराहाको पर्यटन पुरानै लयमा फर्कन्छ भन्नेमा आशावादी छौँ : भट्टराई

चितवन । कोरोना महामारीले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन असर पर्ने देखिएको छ । कोरोनाको सङ्क्रमण घटे पनि सोचे अनुसार पर्यटन क्षेत्रले लय लिन सकिरहेको छैन । कोरोनाको असरका कारण सौराहामा पनि पर्यटकको आगमन न्यून छ । सौराहामा आउने पर्यटकको सङ्ख्या सन्तोषजनक नरहेको क्षेत्रीय होटेल सङ्घ सौराहा चितवनका अध्यक्ष दीपक भट्टराईले बताए । साढे दुई वर्ष […]

पर्यटन क्षेत्रमा सन्तोषजनक सुधार हुँदै : रेग्मी

काठमाडौं । कोरोनाका कारण थला परेको नेपालको पर्यटन क्षेत्र पछिल्लो समय चलायमान बन्दै गएको छ । नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका सदस्य एवं नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट नाट्टा तथा गाउँ पर्यटन प्रर्वद्धन मञ्च भिटोफको नयाँ कार्य समितिको स्वागत कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी डा. धनञ्जय रेग्मीले कोरोनाका कारण शून्यमा पुगेको पर्यटन क्षेत्रमा सन्तोषजनक […]

आईएमएफ प्रतिनिधिले भने, '६ महिनाको विदेशी मुद्राको भण्डार सन्तोषजनक'

नेपाल चेम्बर अफ कमर्स र आईएमएफका प्रतिनिधिबीच मंगलबार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हाल मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको उल्लेख गर्दै विकास साझेदार संस्थाहरूले ऊर्जा,पर्यटन तथा कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने  बताएका छन् । आईएमएफका एशिया प्यासिफिक विभागका प्रमुख रबर्ट ग्रेगोरीको नेतृत्वमा नेपाल आएको प्रतिनिधि मण्डल र चेम्बर अफ कमर्सका पदाधिकारीहरू बीचको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मल्लले कोभिड-१९को प्रकोपको सन्दर्भमा

चितवनमा पर्यटकको संख्या बढ्दै

काठमाडौं । कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा चहल पहल बढ्न थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या सन्तोषजनक रुपमा वृद्धि भएको हो । गत आर्थिक वर्षमा आएका पर्यटकको संख्याभन्दा चालूआर्थिक वर्षको ८ महिनामा आएका पर्यटकको संख्या बढेको छ । यस अविधिमा निकुञ्जमा १ लाख ८ हजार २ सय ५४ पर्यटकले भ्रमण गरिसकेका […]

सित्तैको प्रचार र नेपालको पर्यटन

नेपाल कोरोनाबाट थलिएको विश्व पर्यटनले बिस्तारै गति समात्दै छ । बाह्य पर्यटक आगमन उल्लेख्य नभए पनि आन्तरिक पर्यटककै भरमा धेरै देशको पर्यटनले पुनरुत्थानको बाटो लिइरहेको छ । नेपालमा कहिलेबाट बाह्य पर्यटक आउलान्, आन्तरिक पर्यटकलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा ठोस र प्रभावकारी रणनीति तय भएको छैन । न सरकार, न पर्यटन बोर्ड न त व्यवसायीले नै यसमा राम्रो तयारी गरेको देखिन्छ । अहिले लोन्ली प्लानेटले नेपाललाई घुम्नैपर्ने देशको सूचीमा राखेपछि पर्यटन व्यवसायी खुशी भएका छन् । लोन्ली प्लानेटले हरेक वर्ष विश्वका उत्कृष्ट गन्तव्यहरूको सूची सार्वजनिक गर्ने गरेको छ । अरू वर्षहरूमा जसरी नै नेपालको नाम पनि यसमा समावेश गरिएको छ । तर, यसपटक सगरमाथा र अन्नपूर्ण सर्किटबाहेक मुस्ताङको विशेष चर्चा गरेको छ ।  पर्वतारोहीहरूका लागि मुस्ताङ पनि उत्तिकै आकर्षक स्थल रहेको उल्लेख छ । त्यहाँको मरुभूमि समान अलौकिक दृश्यको मजा लिनुका साथै स्थानीय होमस्टेहरूमा नेपालका विशेष परिकारको स्वाद पनि लिन पाइने उल्लेख गरिएको छ । जस्तै याकको बटरसँग कफी, कोठे शैलीको मःमः लगायत विभिन्न स्वादिष्ट परिकारबारे पनि उल्लेख गरिएको छ । विश्वका अन्य आकर्षक गन्तव्यहरूमा इजिप्टको पिरामिड्स अफ गिजा, मलावी, ओमान, एङविला, स्लोभेनिया, बेलिज, मोरिसियस, नर्वे र कुक आइलन्ड्स रहेको छ । यसरी विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा नेपाल पर्नु ठूलो महŒवको कुरा हो । विभिन्न संस्थाले पर्यटकलाई नयाँनयाँ गन्तव्यहरूको सूची जारी गरेर त्यहाँको विशेषतालाई उजागर गरिदिने गरेका छन् । फोब्र्सको सूची होस् बा लोन्ली प्लानेट वा ट्रिप एडभाइजर नै किन नहोस् । तिनले नेपालको नाम छुटाउने गरेको छैनन् । नेपालका विभिन्न पर्यटकीय गन्तव्य र विशेषताहरूको चर्चा तिनीहरूले गर्ने गरेका छन् । नेपालले करोडौं रुपैयाँ खर्च गरेर पनि गर्न नसक्ने विज्ञापन यिनीहरूले गरिदिएका छन् । अहिले विश्वभरि नै पर्यटन बजारमा मन्दी आएका बेला लन्ली प्लानेटको सूची महत्त्वपूर्ण मान्नुपर्छ । पर्यटन बिस्तारै लयमा आउन खोजेको आभास भइरहँदा यस्ता निःशुल्क रूपमा भएका विज्ञापनले ठूलो अर्थ राख्छ । तर, प्रचार हुनुमात्रै पर्याप्त होइन भन्नेमा हाम्रो ध्यान जानु पनि उत्तिकै महत्त्वपूर्ण छ । यस्ता पर्यटकीय चर्चामा नेपालको नाम आउँदा हामी मख्ख पर्छौं । तर, त्यस्तो प्रचारबाट पाएको अवसरको उपयोगमा भने हामी मजाले चुकेका छौं । विश्वभरि नै नेपालको भौगोलिक र प्राकृतिक अद्वितीयताको चर्चा राम्रै भएको पाइन्छ । त्यहाँका मानिसहरूको ड्रिम डेस्टिनेशन अर्थात् सपनाको गन्तव्य नेपाल बनेको पनि पाइन्छ । तर, उनीहरू नेपाल घुम्न चाहेर पनि घुम्न पाइरहेका छैनन् । यो सरासर हामी नेपालीको कमजोरी हो । यसमा सरकार, पर्यटन बोर्ड र हामी व्यवसायीहरू कुनै न कुनै रूपमा दोषी छौं । तिनलाई नेपाल सुरक्षित छ, घुम्नका लागि सहज सुविधा छ र तिनले नेपाल भ्रमणका कुनै अवरोध वा समस्या भोग्नु पर्दैन भन्ने विश्वास पर्यटकलाई दिलाउन सकेका छैनौं । पर्यटकले हेर्ने विविध कुरामध्ये सुरक्षा पनि एक हो । ट्रेकिङ आदिमा आउने पर्यटक दुई चार जनाको समूहमा हिँड्न रुचाउँछन् । एक्लै हिँड्न रुचाउने पर्यटक पनि हुन्छन् । तिनबाट उचित शुल्क लिएर यस्तो अवसर दिलाउनुपर्छ । उनीहरूलाई यी खालका क्रियाकलापमा समस्या छैन, आपत्ति आइपर्दैन भन्ने जानकारी राम्ररी दिन सकेमात्रै पनि गुणस्तरीय पर्यटक नेपाल भित्र्याउन नसकिने होइन । नेपालमा पछिल्लो समयमा स्तरीय होटलहरू खुल्ने क्रम निकै बढेको छ । ठूला व्यापारिक घराना र गैरआवसाीय नेपालीहरूले यसमा ठूलो लगानी गरेका छन् । पर्यटकीय बसहरू चल्न थालेका छन् । आन्तरिक हवाई उडानको पनि राम्रै व्यवस्था छ । अर्थात् पर्यटकीय सेवाहरू पस्कन हामी तयार भएर बसेका छौं । १ वर्षमा २० लाख पर्यटक नेपाल आए भने पनि तिनलाई सेवा दिन सक्ने हैसियत पर्यटन व्यवसायीको रहेको छ । पर्यटक नेपाल आउन तयार छन्, नेपालभित्र पर्यटकलाई सेवा दिन व्यवसायीहरू तयार छन् तर पर्यटक नेपाल आउन सकेका छैनन् । किन उनीहरू नेपाल आउन नसकेका हुन् त ? तिनलाई नेपाल ल्याउन कस्तो रणनीति आवश्यक पर्छ त भन्नेमा नै हाम्रो पर्याप्त तयारी रहेको देखिँदैन । पर्यटनहरू नेपाल आउन नसक्नुको एउटा प्रमुख कारण हवाई सेवा गन्तव्य मुलुकहरूमा नहुनु हो । नेपाल वायु सेवा निगमले जापानमा उडान शुरू गर्नेबित्तिकै कोरोना शुरू भयो । जर्मनी, बेलायत र फ्रान्सजस्ता गन्तव्यमा नेवानिको उडान कहिलेदेखि हुन्छ अत्तापत्तो छैन । यी देशमा नेवानिको सेवा सञ्चालन भएका वर्षहरूमा त्यहाँबाट गुणस्तरीय पर्यटक आएको इतिहास छ । नेवानिसँग विमान भएर पनि उसले उडान विस्तार गर्न नसक्नुको परिणाम पर्यटन व्यवसायले भोगिरहेको छ । विगतमा नेवानिसँग विमान थिएन तर अहिले विमान भएर पनि उसले पर्यटक ल्याउन सकेको छैन । नेवानिको सस्तो उडान यूरोपेली मुलुकमा गर्न सक्ने हो भने लोन्ली प्लानेट वा अन्य पर्यटन उडभाइजरहरूले गरेको प्रशंसा र प्रचारको फल नेपाली पर्यटन क्षेत्रले पाउन सक्छ । निजीक्षेत्रको हिमालयन एयरलाइन्सले पनि पर्यटकीय बजारमा उडान गर्न सकेको छैन । नेपालीहरू जाने क्षेत्रमा मात्र उसले उडानमा रुचि राखेको छ । अर्काले प्रचार गरिदिए पनि त्यसको लाभ लिन नसक्नुको कारण विदेशी पर्यटक एजेन्टसँग राम्रो सम्बन्ध राख्न नसक्नु हो । नेपालीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण गन्तव्य मुलुकहरूका एजेन्टले नेपालजस्तै भूभाग भएको भारत वा अन्यत्र जान पर्यटकरूलाई प्रेरित गरेको पाइन्छ । पर्यटन एजेन्सीहरूसँग राम्रो सम्बन्ध कायम गर्न सके यो प्रचारको फाइदा लिन सकिन्छ । पर्यटन बोर्डको भूमिका पनि सन्तोषजनक देखिएको छैन । परिणाममुखी नयाँ सोचको काम गर्नुभन्दा दैनिक प्रशासनिक काममा सीमित रहनु नै बोर्डको काम देखिएको छ । यसरी नेपालको पर्यटन व्यवसायमा समन्वयको अभाव भएकाले तथा सही नीति राज्यले लिन नसकेकाले पर्यटनको सम्भाव्यता दोहन गर्न नसकिएको हो । पन्त नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।

पर्यटन प्रवर्द्धन अभियानमा बाँके निकुञ्ज

बाँके । बाँके राष्ट्रिय निकुञ्ज पर्यटन प्रवर्द्धन अभियानमा जुटेको छ । २०६७ असार २८ गते स्थापना भएको यो निकुञ्जमा पर्यटकको आगमन भए पनि सन्तोषजनक रूपमा बढ्न नसकेकाले पर्यटन प्रवद्र्धन गर्ने रणनीतिका साथ काम थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहले जानकारी दिए । उनका अनुसार निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका लागि आवश्यक गतिविधि सञ्चालन भइरहेका छन् । बैजनाथ गाउँपालिकाको गाभर भ्याली सामुदायिक घरबास र कोहलपुर नगरपालिकाको खड्कवार घरवासमा घुम्न आउने पर्यटकलाई निकुञ्जमा ल्याउन आवश्यक समन्वय र सहकार्य भइरहेको छ । बाँके राष्ट्रिय निकुञ्जमा घुम्न पैदलमार्ग, हात्ती सफारी, बास बस्न घरवास (होमस्टे), राप्ती नदीमा जलविहारलगायतका पर्यटकीय गतिविधिका पूर्वाधार तयार अवस्थामा छन् । पाटेबाघको वासस्थान र जैविकमार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको मुलुककै सबैभन्दा कान्छो बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा छ । कोहलपुर नगरपालिका–१३ का वडाध्यक्ष ओमप्रकाश ओलीले निकुञ्ज पर्यापर्यटनको प्रभावकारी गन्तव्य भएको बताए । वडा कार्यालयले बाँके निकुञ्जमा पर्यटन प्रवद्र्धनसँगै १३ नंं वडालाई हरित वडाका रूपमा अगाडि बढाइएको उनको भनाइ छ । बाँके निकुञ्जसँग जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि वर्षेनि बढ्दै गए पनि स्थापनाको एक दशकसम्म पनि बाँके निकुञ्जमा पर्यटन प्रवद्र्धनका कार्यक्रम प्रभावकारी हुन नसकेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए । निकुञ्जलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा चिनाउन आफूहरू लागिपरेको भन्दै उनले  भने, ‘निकुञ्जभित्र आवश्यक संरचना निर्माण भइसकेको अवस्थामा अब यहाँ धेरैभन्दा धेरै पर्यटकलाई पाटेबाघलगायत दुर्लभ वन्यजन्तु अवलोकन गर्न आउन हामी आह्वान गरिरहेका छौं ।’ आर्थिक वर्ष २०७७/७८ सम्म जम्मा ८९९ पर्यटक निकुञ्जमा पुगेका छन् । ती पर्यटकमध्ये पनि ८६५ जना नेपाली पर्यटक नै छन् । १० वर्षमा २० जना सार्क देशका पर्यटक आएका छन् भने अन्य मुलुकका मात्र १४ पर्यटक निकुञ्ज पुगेका छन् । बाँके, दाङ र सल्यानसम्म फैलिएको यो निकुञ्ज स्थापना हुँदा चारमा सीमित पाटेबाघ अहिले २१ पुगेको छ । अहिले त्यो संख्या बढेको हुन सक्ने निकुञ्जको अनुमान छ । रासस