सिजनको पर्यटक आगमनः उत्कृष्ट भन्न मिल्दैन, सन्तोषजनक ठान्नुपर्छ

कोरोना भाईरस संक्रमण सुरु हुनुअघि यो अवधिमा पर्यटन क्षेत्र निकै नै चम्किन्थ्यो। तर, कोरोनाले गर्दा खस्केको यो आगमनले अहिले कोरोना कमजोर हुँदा पनि पहिलेको आकारमा फर्किन सकेको छैन। सन् २०२२ मा पर्यटन क्षेत्रले कोरोनाबाट निकै नै माथि उठ्ने अपेक्षा गरेको थियो...

सम्बन्धित सामग्री

होटेलमा अकुपेन्सी एक तिहाइ मात्र

काठमाडौं। पछिल्लो समय नयाँनयाँ होटेल थपिने क्रम बढेको तर पाहुनाको आमगन त्यसअनुसार नहुँदा यो व्यवसाय घाटामा चलिरहेको व्यवसायीले बताएका छन् । पर्यटक आगमन र सम्बद्ध गतिविधि बढे पनि होटेल व्यवसाय क्षमताको एक तिहाइ अकुपेन्सीमा सञ्चालन भएको व्यवसायीको दाबी छ ।  होटेल एशोसिएशन नेपाल (हान)का अध्यक्ष विनायक शाहले होटेल व्यवसायमा मागभन्दा आपूर्ति बढी हुँदा घाटामा चलाउनुपरेको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग भेटका क्रममा उनले यस्तो जानकारी गराएका हुन् । विदेशी पर्यटक नेपाल भ्रमणका लागि लालायित र सोधपुछ बढिरहेको भन्दै शाहले थपे, ‘तर, राजमार्ग तथा सडक, हवाई सञ्जाल र यातायातमा रहेको कठिनाइका कारण नेपाल आउने पर्यटक अन्यत्रै जाने गरेका छन् ।’ नयाँ क्षेत्रीय विमानस्थल पोखरा र भैरहवालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सके मुलुकले पर्यटनबाट छिट्टै फड्को मार्न सक्ने उनले बताए । छिमेकी मुलुक चीन र भारत जोड्ने सडक सञ्जालमात्र तयार गर्न सके पनि पर्यटक आगमनको चाप बढ्ने सक्ने भन्दै उनले यी पक्षमा राज्यले छिट्टै ध्यान दिनुपर्नेमा जोड दिए । नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमलाई सशक्त र प्रभावकारी ढंगबाट अन्तरराष्ट्रिय जगतमा मुलुकको पर्यटन प्रवर्द्धनमा सक्रिय बनाउन पनि हानले जोड दिएको छ । भेटका अनवसरमा मन्त्री किराँतीले पर्यटक आगमन सन्तोषजनक भएको बताए । अन्तरराष्ट्रिय जगतमा नेपालबारे राम्रो सन्देश प्रवाह भएको बताउँदै उनले मुलुकलाई समृद्ध बनाउन पर्यटनलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । हवाई सञ्जालसमेत विस्तार गरिने र यसबारेमा सम्बद्ध निकायमा पहलकदमी भइरहेको उनको भनाइ छ । मुलुकको अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीको नेतृत्वमा समिति गठन भई छलफल भइरहेको भन्दै उनले पर्यटन दशकका लागिसमेत गृहकार्य शुरू भइसकेको बताए । पर्यटन बोर्ड सम्बन्धमा सार्वजनिक–निजी–साझेदारीको संरचनाका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको हुँदा त्यसको कार्यान्वयन गर्न व्यवसायीले आग्रह गरे । मुलुकको पर्यटनसम्बन्धी नीति नियमलाई सहजीकरण गर्दै लगानीमैत्री तथा पर्यटनमैत्री बनाउन आग्रह गरिएको छ । हाल संशोधनको क्रममा रहेको क्यासिनो नियमावलीलाई व्यवस्थित र प्रभावकारी बनाई क्यासिनो सञ्चालनमा सहजीकरण गरिनुपर्नेमा पनि व्यवसायीले जोड दिए ।

नयाँ वर्ष नजिकिएसँगै सौराहामा चहलपहल शुरु, अधिकांश होटल भरिभराउ

चितवन । नयांँ वर्ष नजिकिएसँगै चितवन (Chitwan)को सौराहामा पर्यटकको चहलपहल बढ्न थालेको छ । नयांँ वर्षको आगमनसँगै सौराहा (Sauraha)मा केही सातादेखि रुम बुकिङ्ग गर्ने पर्यटकको संख्या पनि बढ्दै गएको छ । अघिल्ला वर्षहरूमा भन्दा अहिले पर्यटकको चहलपहल बढेको पर्यटन व्यवसायीहरू बताउँछन् । बुधवारसम्म अधिकांश होटलहरू (Hotels) ८० प्रतिशत हाराहारीमा बुकिङ्ग (Booking) भइसकेको उनीहरूको भनाई छ ।  रोयल टाइगर लक्जरी, सौराहाका सञ्चालक राज अधिकारी सौराहामा यो हप्तादेखि नै पर्यटकको चहलपहल बढ्दै गएको बताउँछन् । आन्तरिक एवं बाह्य पर्यटकको आगमन पनि क्रमशः बढ्दै गएको अधिकारीले बताए । ‘अघिल्लो वर्षभन्दा अहिले चाडै नै रुम प्याक हुन थालेको छ,’ अधिकारीले भने, ‘पर्यटकको संख्यामा पनि वृद्धि भएको पाएका छौं ।’  उनका अनुसार बिहीवारसम्म उनको होटलका सबै रुम बुकिङ्ग (Room Booking) भइसक्ने छ । ‘आजसम्म ८० प्रतिशत रुम प्याक भइसकेका छन्,’ उनले भने, ‘सम्भवतः भोलिसम्म सबै सकिन्छ ।’ होटलमा सांस्कृतिक कार्यक्रमसहित अन्य सेवासुविधा र होटलको साजसज्जामा पनि थप गरिएकाले पनि पर्यटक भरिभराउ भइसकेको उनले बताए ।  कोरोना (Covid 19)को प्रभाव मत्थर हुँदै जांँदा सौराहामा अघिल्लो वर्षभन्दा यो वर्ष बाह्य पर्यटक (Tourist) पनि बढ्न थालेका हुन् । विशेषगरी सौराहामा जंगल गतिविधिको लागि चाइनिज पर्यटकहरू उल्लेखनीय मात्रमा आएको व्यवसायीहरू बताउँछन् ।  जंगल सफारी लज, सौराहाका सञ्चालक सुमन घिमिरे बुधवार नै सबै रुमहरू प्याक भइसकेको बताए । ‘अहिले अलि चाँडो रुम प्याक भयो,’ घिमिरेले भने, ‘एक त नयाँ वर्षको दिन शुक्रवार र शनिवार पनि बिदा छ । अर्को कुरा नेपालीको घुम्ने बानीको विकास पनि भएको छ ।’  अघिल्ला वर्षहरूमा एक रात बस्ने पर्यटकहरू धेरै भए पनि यो वर्ष बिहीवारदेखि नै नयांँ वर्ष मनाउने आउने पर्यटक बढेको बताए ।  विदेशी पर्यटकहरू पनि आउन थालेपछि यो नयाँ वर्षमा पर्यटकको संख्या थप बढ्ने अपेक्षा पर्यटन व्यवसायीको छ । व्यवसायीले सौराहाका मुख्य चौकहरूमा विभिन्न जातजातिका झाँकीसहित कार्यक्रमसमेत गर्ने भएका छन् । पर्यटकहरूलाई छूट र सहुलियतभन्दा सेवाहरू थप गरी सन्तुष्ट पार्ने उद्देश्य रहेको क्षेत्रीय होटल संघ, सौराहाका निवर्तमान अध्यक्ष दीपक भट्टराई बताउँछन् । ‘हामीले अहिले केही छूट सहुलियत त दिन्छौं नै । तर, योभन्दा पनि सेवा र सन्तुष्ट दिने विषयमा केन्द्रित छौं,’ उनले भने । पर्यटकको बसाई लम्ब्याउन र पटक पटक फर्कने वातावरण बनाउन व्यवसायीहरू केन्द्रित रहेको उनको भनाई छ ।  अन्य समय सौराहामा पर्यटकहरू सुस्ताए पनि नयाँ वर्ष (New Year), सिजन र भ्यालेन्टाइन डे (Valentine Day)मा चाप बढ्ने गरेको छ । जनवरीदेखि मार्चसम्मको अवधिमा नेपालमा साँढे दुईलाख पर्यटक भित्रिसकेका छन् । त्यसको न्यूनतम १० प्रतिशत पर्यटक सौराहा आउने गर्दछन् । सौराहा आउने पर्यटकमध्ये २० प्रतिशत विदेशी पर्यटक हुने व्यवसायीहरू बताउँछन् ।  क्षेत्रीय होटल संघ, सौराहाका अध्यक्ष गंगा गिरी अघिल्लो वर्षभन्दा यस वर्ष पर्यटक आगमन सन्तोषजनक भएको बताउँछन् । ‘हामी त्यति हतोत्साहित पनि छैनौं, उत्साहित पनि छैनौं,’ उनले भने, ‘तर, सन्तोषजनक र आशावादी भने छौं ।’ देशमा आर्थिक मन्दी भए पनि नेपाली संस्कृतिमा घुम्ने बानीको विकास भएकोले आन्तरिक पर्यटकको संख्यामा भने वृद्धि हुँदै गएको उनको भनाई छ ।  सौराहामा १३० को हाराहारीमा पर्यटकस्तरीय होटल छन् भने सयको हाराहारीमा रेष्टुरेण्ट एण्ड बार छन् । सौराहामा एकैदिन साढे ६ हजारभन्दा बढी पर्यटकलाई सेवा दिने क्षमता छ ।

अफ सिजनमै बढ्यो पर्यटकीय चहलपहल

काठमाडौं, भदौ ३० । कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ। सन् २०२२ को सुरुवाती चरणदेखि सुधारोन्मुख पर्यटक आगमन बेसिजनमा समेत सन्तोषजनक रहेको पर्यटक आगमनको तथ्याङ्कले देखाएको छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२२ को आठ महिनामा हवाई मार्गबाट मात्रै तीन लाख २६ हजार ६६७ पर्यटक नेपाल भित्रिएका छन्। वर्षायाममा नेपाल आउने […]

बढ्यो पर्यटकीय गतिविधि

कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ। सन् २०२२ को सुरुवाती चरणदेखि सुधारोन्मुख पर्यटक आगमन बेसिजनमा समेत सन्तोषजनक रहेको पर्यटक आगमनको तथ्याङ्कले देखाएको छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२२ को आठ महिनामा हवाई मार्गबाट मात्रै तीन लाख २६ हजार ६६७ पर्यटक नेपाल भित्रिएका छन्।

बढ्यो पर्यटकीय गतिविधि

कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ। सन् २०२२ को सुरुवाती चरणदेखि सुधारोन्मुख पर्यटक आगमन बेसिजनमा समेत सन्तोषजनक रहेको पर्यटक आगमनको तथ्याङ्कले देखाएको छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२२ को आठ महिनामा हवाई मार्गबाट मात्रै तीन लाख २६ हजार ६६७ पर्यटक नेपाल भित्रिएका छन्। वर्षायाममा नेपाल आउने पर्यटक तुलनात्मक रूपमा कम हुने भए पनि यस वर्षको अगस्टमा मात्रै ४१ हजार ३०४ जना पर्यटक नेपाल भित्रिएको देखिन्छ। सन् २०२० को अगस्टमा जम्मा २५६ पर्यटक नेपाल भित्रिएकाम

सित्तैको प्रचार र नेपालको पर्यटन

नेपाल कोरोनाबाट थलिएको विश्व पर्यटनले बिस्तारै गति समात्दै छ । बाह्य पर्यटक आगमन उल्लेख्य नभए पनि आन्तरिक पर्यटककै भरमा धेरै देशको पर्यटनले पुनरुत्थानको बाटो लिइरहेको छ । नेपालमा कहिलेबाट बाह्य पर्यटक आउलान्, आन्तरिक पर्यटकलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा ठोस र प्रभावकारी रणनीति तय भएको छैन । न सरकार, न पर्यटन बोर्ड न त व्यवसायीले नै यसमा राम्रो तयारी गरेको देखिन्छ । अहिले लोन्ली प्लानेटले नेपाललाई घुम्नैपर्ने देशको सूचीमा राखेपछि पर्यटन व्यवसायी खुशी भएका छन् । लोन्ली प्लानेटले हरेक वर्ष विश्वका उत्कृष्ट गन्तव्यहरूको सूची सार्वजनिक गर्ने गरेको छ । अरू वर्षहरूमा जसरी नै नेपालको नाम पनि यसमा समावेश गरिएको छ । तर, यसपटक सगरमाथा र अन्नपूर्ण सर्किटबाहेक मुस्ताङको विशेष चर्चा गरेको छ ।  पर्वतारोहीहरूका लागि मुस्ताङ पनि उत्तिकै आकर्षक स्थल रहेको उल्लेख छ । त्यहाँको मरुभूमि समान अलौकिक दृश्यको मजा लिनुका साथै स्थानीय होमस्टेहरूमा नेपालका विशेष परिकारको स्वाद पनि लिन पाइने उल्लेख गरिएको छ । जस्तै याकको बटरसँग कफी, कोठे शैलीको मःमः लगायत विभिन्न स्वादिष्ट परिकारबारे पनि उल्लेख गरिएको छ । विश्वका अन्य आकर्षक गन्तव्यहरूमा इजिप्टको पिरामिड्स अफ गिजा, मलावी, ओमान, एङविला, स्लोभेनिया, बेलिज, मोरिसियस, नर्वे र कुक आइलन्ड्स रहेको छ । यसरी विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा नेपाल पर्नु ठूलो महŒवको कुरा हो । विभिन्न संस्थाले पर्यटकलाई नयाँनयाँ गन्तव्यहरूको सूची जारी गरेर त्यहाँको विशेषतालाई उजागर गरिदिने गरेका छन् । फोब्र्सको सूची होस् बा लोन्ली प्लानेट वा ट्रिप एडभाइजर नै किन नहोस् । तिनले नेपालको नाम छुटाउने गरेको छैनन् । नेपालका विभिन्न पर्यटकीय गन्तव्य र विशेषताहरूको चर्चा तिनीहरूले गर्ने गरेका छन् । नेपालले करोडौं रुपैयाँ खर्च गरेर पनि गर्न नसक्ने विज्ञापन यिनीहरूले गरिदिएका छन् । अहिले विश्वभरि नै पर्यटन बजारमा मन्दी आएका बेला लन्ली प्लानेटको सूची महत्त्वपूर्ण मान्नुपर्छ । पर्यटन बिस्तारै लयमा आउन खोजेको आभास भइरहँदा यस्ता निःशुल्क रूपमा भएका विज्ञापनले ठूलो अर्थ राख्छ । तर, प्रचार हुनुमात्रै पर्याप्त होइन भन्नेमा हाम्रो ध्यान जानु पनि उत्तिकै महत्त्वपूर्ण छ । यस्ता पर्यटकीय चर्चामा नेपालको नाम आउँदा हामी मख्ख पर्छौं । तर, त्यस्तो प्रचारबाट पाएको अवसरको उपयोगमा भने हामी मजाले चुकेका छौं । विश्वभरि नै नेपालको भौगोलिक र प्राकृतिक अद्वितीयताको चर्चा राम्रै भएको पाइन्छ । त्यहाँका मानिसहरूको ड्रिम डेस्टिनेशन अर्थात् सपनाको गन्तव्य नेपाल बनेको पनि पाइन्छ । तर, उनीहरू नेपाल घुम्न चाहेर पनि घुम्न पाइरहेका छैनन् । यो सरासर हामी नेपालीको कमजोरी हो । यसमा सरकार, पर्यटन बोर्ड र हामी व्यवसायीहरू कुनै न कुनै रूपमा दोषी छौं । तिनलाई नेपाल सुरक्षित छ, घुम्नका लागि सहज सुविधा छ र तिनले नेपाल भ्रमणका कुनै अवरोध वा समस्या भोग्नु पर्दैन भन्ने विश्वास पर्यटकलाई दिलाउन सकेका छैनौं । पर्यटकले हेर्ने विविध कुरामध्ये सुरक्षा पनि एक हो । ट्रेकिङ आदिमा आउने पर्यटक दुई चार जनाको समूहमा हिँड्न रुचाउँछन् । एक्लै हिँड्न रुचाउने पर्यटक पनि हुन्छन् । तिनबाट उचित शुल्क लिएर यस्तो अवसर दिलाउनुपर्छ । उनीहरूलाई यी खालका क्रियाकलापमा समस्या छैन, आपत्ति आइपर्दैन भन्ने जानकारी राम्ररी दिन सकेमात्रै पनि गुणस्तरीय पर्यटक नेपाल भित्र्याउन नसकिने होइन । नेपालमा पछिल्लो समयमा स्तरीय होटलहरू खुल्ने क्रम निकै बढेको छ । ठूला व्यापारिक घराना र गैरआवसाीय नेपालीहरूले यसमा ठूलो लगानी गरेका छन् । पर्यटकीय बसहरू चल्न थालेका छन् । आन्तरिक हवाई उडानको पनि राम्रै व्यवस्था छ । अर्थात् पर्यटकीय सेवाहरू पस्कन हामी तयार भएर बसेका छौं । १ वर्षमा २० लाख पर्यटक नेपाल आए भने पनि तिनलाई सेवा दिन सक्ने हैसियत पर्यटन व्यवसायीको रहेको छ । पर्यटक नेपाल आउन तयार छन्, नेपालभित्र पर्यटकलाई सेवा दिन व्यवसायीहरू तयार छन् तर पर्यटक नेपाल आउन सकेका छैनन् । किन उनीहरू नेपाल आउन नसकेका हुन् त ? तिनलाई नेपाल ल्याउन कस्तो रणनीति आवश्यक पर्छ त भन्नेमा नै हाम्रो पर्याप्त तयारी रहेको देखिँदैन । पर्यटनहरू नेपाल आउन नसक्नुको एउटा प्रमुख कारण हवाई सेवा गन्तव्य मुलुकहरूमा नहुनु हो । नेपाल वायु सेवा निगमले जापानमा उडान शुरू गर्नेबित्तिकै कोरोना शुरू भयो । जर्मनी, बेलायत र फ्रान्सजस्ता गन्तव्यमा नेवानिको उडान कहिलेदेखि हुन्छ अत्तापत्तो छैन । यी देशमा नेवानिको सेवा सञ्चालन भएका वर्षहरूमा त्यहाँबाट गुणस्तरीय पर्यटक आएको इतिहास छ । नेवानिसँग विमान भएर पनि उसले उडान विस्तार गर्न नसक्नुको परिणाम पर्यटन व्यवसायले भोगिरहेको छ । विगतमा नेवानिसँग विमान थिएन तर अहिले विमान भएर पनि उसले पर्यटक ल्याउन सकेको छैन । नेवानिको सस्तो उडान यूरोपेली मुलुकमा गर्न सक्ने हो भने लोन्ली प्लानेट वा अन्य पर्यटन उडभाइजरहरूले गरेको प्रशंसा र प्रचारको फल नेपाली पर्यटन क्षेत्रले पाउन सक्छ । निजीक्षेत्रको हिमालयन एयरलाइन्सले पनि पर्यटकीय बजारमा उडान गर्न सकेको छैन । नेपालीहरू जाने क्षेत्रमा मात्र उसले उडानमा रुचि राखेको छ । अर्काले प्रचार गरिदिए पनि त्यसको लाभ लिन नसक्नुको कारण विदेशी पर्यटक एजेन्टसँग राम्रो सम्बन्ध राख्न नसक्नु हो । नेपालीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण गन्तव्य मुलुकहरूका एजेन्टले नेपालजस्तै भूभाग भएको भारत वा अन्यत्र जान पर्यटकरूलाई प्रेरित गरेको पाइन्छ । पर्यटन एजेन्सीहरूसँग राम्रो सम्बन्ध कायम गर्न सके यो प्रचारको फाइदा लिन सकिन्छ । पर्यटन बोर्डको भूमिका पनि सन्तोषजनक देखिएको छैन । परिणाममुखी नयाँ सोचको काम गर्नुभन्दा दैनिक प्रशासनिक काममा सीमित रहनु नै बोर्डको काम देखिएको छ । यसरी नेपालको पर्यटन व्यवसायमा समन्वयको अभाव भएकाले तथा सही नीति राज्यले लिन नसकेकाले पर्यटनको सम्भाव्यता दोहन गर्न नसकिएको हो । पन्त नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।