ठोरीको पर्यटन प्रवर्द्धनका लागि सरोकारवालाको प्रतिबद्धता

वीरगञ्ज । पर्साको ठोरी क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि सरोकारका पक्ष एकजुट भएका छन् । सोमवार होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले ठोरीमा आयोजना गरेको ‘ठोरीको पर्यटन प्रवर्द्धनमा सरोकारवालाहरूको भूमिका’ विषयक अन्तरक्रियाका सहभागीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । मधेश प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री सुनिता यादवले भारतीय सिमानासँग जोडिएर रहेको ठोरी क्षेत्रमा पर्यटनको पर्याप्त सम्भावना रहेको भन्दै प्रवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन् । ‘मधेशमा उद्योग, व्यापार र कृषिसँगै पर्यटनको पनि पर्याप्त सम्भावना छ,’ उनले भनिन्, ‘यो सम्भावनाको उपयोगका लागि प्रदेश सरकार सधैं तत्पर छ ।’ विगतमा मधेशको पर्यटन प्रवर्द्धनमा सन्तोषजनक काम हुन नसकेको भनाइ उनको थियो । मधेश सरकारले अब सरोकारका पक्षसँग सहकार्य गरेर अघि बढ्ने उनले स्पष्ट पारिन् । ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले प्रदेश सरकारले ठोरीको पर्यटकीय सम्भावना उपयोगमा सहयोग नगरेको गुनासो गरे । मधेश सरकारले विगतमा ठोरीको पर्यटन विकासका लागि १० करोड रुपैयाँ दिने आश्वासन दिएर निकासा भने नदिएको उनले बताए । सो रकम चालू आर्थिक वर्षमा उपलब्ध गराउन मन्त्रीसँग आग्रह पनि गरे । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले ठोरी क्षेत्र पर्यटकीय दृष्टिले निकै सम्भाव्य रहेको बताए । पर्यटन प्रवर्द्धन र यसको अवसर उपयोगमा निजीक्षेत्र सधैं तयार र सचेत रहेको उनले प्रस्ट पारे । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले पर्यटन प्रवर्द्धनका नाममा भ्रष्टाचार बढी भएको आरोप लगाए । अब पनि पर्यटनको बजेटमा भ्रष्टाचार भए त्यसको हिसाब खोज्न प्रदेश राजधानी जनकपुर नै पुग्ने चेतावनी अध्यक्ष पन्तले दिए । सो अवसरमा संघले मन्त्री यादव र वीरगञ्ज उद्योग वाणिज्य संघका नवनियुक्त पदाधिकारीलाई सम्मान समेत गरेको थियो ।

सम्बन्धित सामग्री

विकास निर्माण र धार्मिक पर्यटन रूपमा विकास गर्ने उम्मेदवारको प्रतिबद्धता

भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा क मा अपूरो रहेको विकास निर्माण तथा यस क्षेत्रलाई धार्मिक पर्यटन रूपमा विकास गर्ने उम्मेदवारहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।रफ्त सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनीहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।नेकपा एमालेका तर्फका उम्मेदवार किरण थापाले यस क्षेत्रमा रहेको विकासका अधुरा कामहरू जस्तै खानेपानी, सडक, ढल, शिक्षा, स्वास्थ्यलगायतलाई […]

संघीयताअनुकूल सांस्कृतिक नीति बनाउने पर्यटनमन्त्रीको प्रतिबद्धता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संघीय नेपालमा भाषाको संरक्षण र सम्वर्द्धनका लागि परिमार्जित सांस्कृतिक नीति तयार गर्ने प्रतिबद्धता जनाएका छन् ।

खप्तडको विकास र प्रचारका लागि नौ बुँदे प्रतिबद्धता

डोटी –सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तडको विकास तथा प्रचारका लागि नौ बुँदे प्रतिबद्धता जारी गरिएको छ । आज खप्तड क्षेत्रमा पर्ने झिग्रानामा खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति र उद्योग वाणिज्य सङ्घ डोटीले खप्तड विकास र प्रचारका लागि आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । खप्तडलाई अन्तर्राष्ट्रिय म्याराथन बनाउने, […]

खप्तडको विकास र प्रचारका लागि नौ बुँदे प्रतिबद्धता

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडको विकास तथा प्रचारका लागि नौ बुँदे प्रतिबद्धता जारी गरिएको छ । आज खप्तड क्षेत्रमा पर्ने झिग्रानामा खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति र उद्योग वाणिज्य संघ डोटीले खप्तड विकास र प्रचारका लागि आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका सहभागीले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।खप्तडलाई अन्तर्राष्ट्रिय म्याराथन बनाउने, खप्तड बाबाको समाधिस्थल बनाउने, राष्ट्रिय अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई आमन्त्रण गरी खप्तडमा चलचित्र सुटिङ गराउने, हो

पर्यटन व्यवसायी र मजदुरलाई कोरोनाको खोपका साथै राहत प्याकेज घोषणा

काठमाडौँ। गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसायी र मजदुरलाई खोप लगाउन सहजीकरण गर्ने बताएका छन् ।नवनियुक्त मन्त्री शर्माले कोरोनाले प्रभावित पर्यटन क्षेत्रको पुनः उत्थानका लागि विभिन्न योजना तथा कार्यक्रमका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै पर्यटन व्यवसायीका लागि एक करोड रुपैयाँको राहत प्याकेज विनियोजन गर्ने निर्णय गरेका छन्।

कुन उद्योगमा कति अन्तराष्ट्रिय लगानी प्रतिबद्धता?

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८मा सबैभन्दा बढी अन्तर्राष्ट्रिय लगानी प्रतिबद्धता पर्यटन क्षेत्रका उद्योगमा आएको छ। उद्योग विभागका अनुसार यसक्षेत्रमा १०१ उद्योगका लागि १८अर्ब३१करोड रुपैयाँ प्रतिबद्धता आएकोे छ। कृषि क्षेत्रमा तीन उद्योगमा ५२करोड९० लाख, ऊर्जाका चार उद्योगमा एकअर्ब ५४ करोड, सूचना प्रविधि सम्बन्धित१५ उद्योगमा दुईअर्ब९५ करोड, १९ उत्पादनमूलक उद्योगका लागि दुईअर्ब८६ करोड र ४१ सेवामूलक उद्योगमा पाँचअर्ब९८करोड बराबरको प्रतिबद्धता आएको छ।

पर्यटन व्यवसायी र मजदूरलाई खोप, एक करोडको राहत प्याकेज

गण्डकी । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसायी र मजदूरलाई खोप लगाउन सहजीकरण गर्ने बताएका छन् । नवनियुक्त मन्त्री शर्माले आज पदभार ग्रहण गर्दै कोरोना प्रभावित पर्यटन क्षेत्रको पुनः उत्थानका लागि विभिन्न योजना तथा कार्यक्रमका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले पर्यटन व्यवसायीका लागि रु […]