नेपाल र चीनबीचको सबैभन्दा ठूलो व्यापारिक तातोपानी नाकाबाट साढे आठ अर्ब रुपियाँ बराबरको सामग्री आयात भएको छ । २०७२ वैशाख १२ को भूकम्पका कारण चार वर्ष बन्द भएको सो नाका २०७६ जेठ १५ गते सञ्चालनमा आएको थियो ।
तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार गत जेठ १५ पछि आठ अर्ब २० करोड मूल्य बराबरको चिनियाँ सामग्री नेपाल भित्रिएको छ ।