काठमाण्डाै – चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो १० महिनामा नेपालको व्यापार घाटा १४ खर्ब ३१ अर्ब रुपैयाँ नाघेको छ ।
भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म नेपालको व्यापार घाटा १४ अर्ब ३१ अर्ब ३० करोड रुपैयाँ नाघेको छ । १० महिनामा नेपालले १६ खर्ब चार अर्ब ६५ करोड रुपैयाँको वस्तु आयात गरेकोमा एक खर्ब ७३ अर्ब २४ करोड रुपैयाँको मात्रै निर्यात गरेको छ । वैशाख महिनामा नेपालले एक खर्ब ३७ अर्ब ९९ करोड रुपैयाँको वस्तु आयात गरेको छ । चैतमा भने सरकारले एक खर्ब ५७ अर्ब रुपैयाँको सामग्री आयात गरेको थियो ।
...