कञ्चनपुर भन्सार कार्यालय डेढ अर्बको आयात, निकासी १ करोड ८० लाखको मात्र

महेन्द्रनगर। कञ्चनपुरस्थित नेपालको पश्चिमी सीमा नाकाबाट गत आर्थिक वर्ष (आव) २०७९/८० मा रू. १ अर्ब ४७ करोडको सामान आयात भएको छ । कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीको तथ्यांकले यस्तो देखाएको हो ।  भन्सार कार्यालयका प्रमुख ध्रुवकुमार विश्वकर्माले यस नाकाबाट आयातको तुलनामा निर्यात अत्यन्त न्यून रहेको बताए । स्वदेशी उत्पादन न्यून हुँदा निर्यातमा ह्रास भएको उनको भनाइ छ । उनका अनुसार गत आवमा सो भन्सार नाकाबाट रू. १ करोड ८० लाखको सामान मात्र निकासी भएको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार आयात भएका मुख्य वस्तुहरूमा कपडा, तरकारी, घरायसी प्रयोजनका सामग्री, सवारीसाधनका पार्ट्स लगायत रहेका छन् । यस्तै निर्यात हुने प्रमुख वस्तु हस्तकला रहेको छ । सो अवधिमा हस्तकलाका सामग्री मात्रै रू. १ करोड ७२ लाख मूल्य बराबरको निर्यात भएको भन्सार कार्यालयको तथ्यांक छ । भन्सार नाकाबाट आयात घटेकाले राजस्व संकलनमा कमी आएको छ । गत आवमा कार्यालयले रू. ५८ करोड ९६ लाख ४४ हजार राजस्व संकलनको लक्ष्य लिएकोमा ४२ करोड ९ लाख ९६ हजार मात्र असुली भएको छ । सीमा नदी महाकालीमा उच्च क्षमताको मोटरेबल पुल नहुँदा अन्य नाकाको तुलनामा यहाँबाट आयात निर्यात कम हुने गरेको भन्सार कार्यालय प्रमुख विश्वकर्माले बताए । अघिल्लो आव २०७८/७९ मा रू. १ अर्ब ५४ करोडको आयात गरिएकोमा निर्यात रू. ५ करोड ६४ लाख बराबरको थियो । यता, मुलुकको समग्र अर्थतन्त्रमा परेको प्रभाव भन्सार राजस्व संकलनमा पनि देखिएको छ । उक्त भन्सार नाकाबाट आयात घटेकाले राजस्व संकलनमा कमी आएको छ । गत आवमा भन्सार कार्यालयले रू. ५८ करोड ९६ लाख ४४ हजार राजस्व संकलनको लक्ष्य लिएकोमा ४२ करोड ९ लाख ९६ हजार मात्र असुली भएको छ । भन्सार कार्यालय प्रमुख विश्वकर्माका अनुसार आयातमुखी भन्सार भए पनि यहाँ आयात नै घटेकाले राजस्व संकलनमा कमी आएको हो । यद्यपि भन्सार विभागको राजस्व संकलनको तुलनामा कञ्चनपुर भन्सार कार्यालयको प्रगति राम्रो भएको दाबी उनले गरे । ‘गत आवमा विभागले ५८ प्रतिशत राजस्व संकलन गरेकोमा भन्सार कार्यालय कञ्चनपुरले ७१ प्रतिशत राजस्व संकलन गरेको छ,’ उनले भने । उक्त कार्यालयले अघिल्लो आवमा रू. ५२ करोड ७७ लाख राजस्व संकलनको लक्ष्य पाएकोमा ४६ करोड २२ लाख संकलन गरेको थियो । 

सम्बन्धित सामग्री

कञ्चनपुर भन्सार लक्ष्यअनुसार राजस्व संकलन भएन

महेन्द्रनगर– मन्दी र आयात घटेका कारण कञ्चनपुर भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन । गत आर्थिक वर्ष २०७९-८० मा भन्सार कार्यालयले वार्षिक रु ५८ करोड ९० लाख राजस्व संकलनको लक्ष्य लिएको भए पनि रु ४२ करोड १० लाख मात्रै संकलन भएको भन्सार कार्यालयले जनाएको छ । कञ्चनपुर भन्सार कार्यालय गड्डचौकीका प्रमुख भन्सार अधिकृत ध्रुव […]

नेपाल एसबिआई बैंक र भन्सार विभागबीच सम्झौता

नेपाल एसबिआई बैंक र नेपाल सरकार भन्सार विभागबीच सम्झौता भएको छ ।भन्सार सरकारी कारोबारलाई बनाउन कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको परिसरमा बैंक एक्स्टेन्सन काउन्टर खोल्ने सम्झौता भएको हो । विभागका महानिर्देशक कमलप्रसाद भट्टराई र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले सम्झौतापत्रमा हस्ताक्षर गरे ।बैंकले देशका विभिन्न स्थानमा ९१ शाखा, २१ […]

लिलाम नहुँदा भन्सारमा थन्किए करोडौँका गाडी

चोरी, तस्करी तथा विभिन्न घटनामा बरामद गरिएका सवारीसाधन चार वर्षयता कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा थन्किएका छन् । लिलाम गर्न ढिलाइ हुँदा गाडी भन्सार कार्यालयमै जीर्ण हुँदै गएका छन् ।विगतमा कोरोना महामारीका कारण...

लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी

८ असोज, बेदकोट । चोरी, तस्करी तथा विभिन्न घटनामा बरामद गरिएका सवारीसाधन चार वर्षयता कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा थन्किएका छन् । लिलाम गर्न ढिलाइ हुँदा गाडी भन्सार कार्यालयमै जीर्ण हुँदै गएका छन् । विगतमा कोरोना महामारीका कारण लिलाम प्रक्रिया अगाडि बढ्न सकेको थिएन । कञ्चनपुर भन्सार कार्यालयमा करिब चार सयको सङ्ख्यामा दुईपाङ्ग्रे र २० वटा […]

लिलाम नहुँदा भन्सारमा थन्किए करोडौँका गाडी

चोरी, तस्करी तथा विभिन्न घटनामा बरामद गरिएका सवारीसाधन चार वर्षयता कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा थन्किएका छन्। लिलाम गर्न ढिलाइ हुँदा गाडी भन्सार कार्यालयमै जीर्ण हुँदै गएका छन्। विगतमा कोरोना महामारीका कारण...

भन्सार नाका छैन विषादी परीक्षण प्रयोगशाला

काठमाडौँ,१३ भदौ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ । भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो । विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र […]

भन्सार नाका छैन विषादी परीक्षण प्रयोगशाला

कन्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ। भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो। विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ। कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गनुपर्ने […]

भन्सार नाकामै छैन विषादी परीक्षण प्रयोगशाला

दोधारा चाँदनी : कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ। भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो।   विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ। कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने…

भन्सार नाका छैन विषादी परीक्षण प्रयोगशाला

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ।...

भन्सार नाकामा छैन विषादी परीक्षण प्रयोगशाला

१३ भदौ, दोधारा चाँदनी । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ । भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो । विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने […]