भारतको चन्द्रयान–३ को सफल प्रक्षेपण भएको छ । दक्षिण भारतमा रहेको सतिश धावन अन्तरिक्ष केन्द्रबाट भारतीय समय अनुसार दिउँसो दुई बजेर ३५ मिनेटमा एलभीएम ३ रकेटले चन्द्रयानलाई अन्तरिक्षमा लगेको छ ।प्रक्षेपण सफल भएपछि भारतीय अन्तरिक्ष संस्था इसरोका प्रमुख एस सोमनाथले प्रक्षेपण मिसन सफल भएको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । प्रमुख एस सोमनाथका अनुसार अगस्टको ५ तारिखमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा पुग्ने छ ।योजना सफल भएमा चन्द्रमाको दक्षिणी ध्रुवमा सकुशल रोभर पुर्याउने भारत पहिलो देश बन्ने छ । यस्तै चन्द्रमामा रोभर पुर्याउन...