काठमाडौँ, ६ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका छन् । पूर्वप्रधानमन्त्री ओलीले चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएलगत्तै सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान आज साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ […]