भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसराे) को चन्द्रयान ३ मिसनले आज बिहीवार नयाँ कीर्तिमान बनाएको छ । वैज्ञानिकले चन्द्रयान ३ को ल्यान्डर यसको प्रोपल्सन प्रणालीबाट अलग गरेका छन् । यसको मतलब अब ल्यान्डर बिस्तारै चन्द्रमाको सतहतिर सर्नेछ ।इसरोले भोलि शुक्रवार दिउँसो ४ बजेसम्म चन्द्रयान ३ को ल्यान्डरलाई चन्द्रमाको सतहभन्दा नजिक ल्याउने प्रयास गरिने बताएको छ । इसरोका पूर्व वैज्ञानिक मैलास्वामी अन्नादुराईले समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै यसलाई कोशेढुङ्गा भनेका छन् । ल्यान्डर र रोभरले यो मिसनलाई कसरी अगाडि बढाउने भनेर भारतमात्र होइन...