जीर्ण बनिसकेको पुरानो साइकलमा जीवन संघर्ष गर्दै आएका चन्द्रपुर–१०, पडरियाका अशोक पण्डितमा शुक्रबार छुट्टै खुसी देखिन्थ्यो । ८ वर्षअघि दुर्घटनामा दुवै हातका कुहिनामुनिको भाग गुमाएका पण्डित शुक्रबार बिहान नयाँ साइकल चढेर दाउराको भारी लिन जंगल जाने तरखरमा थिए ।