अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्व प्रवक्ता किरण राईले मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले उपाध्यक्ष पङ्कज विक्रम नेम्वाङलाई सामाजिक सञ्जालमा लगाएको आरोप प्रशिक्षकको अनुशासनको दायराभन्दा बाहिर भएको बताएका छन् । फुटबल विवाद छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिलाई मंगलवार बयान दिएर बाहिर निस्कने क्रममा पूर्व प्रवक्ता राईले प्रशिक्षकको अभिव्यक्ति अनुशासन भन्दा बाहिर भएको बताएका हुन् । एक साताअघि एन्फामा बसेको आकस्मिक कार्यसमितिको बैठकबाट प्रशिक्षक र उपाध्यक्षको