एमाले अनुशासन आयोगले नेता कार्यकर्तालाई अनुशासन सिकाउने

नेकपा (एमाले)ले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रिय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा नेता कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो । पार्टीभित्र देखापरेका अनुशासनहीनतालाई वैचारिक रुपमा परास्त गर्ने मूल उद्देश्यका साथ साउन महिनाको दोस्रो साताबाट अन्तिम सातासम्म प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना

सम्बन्धित सामग्री

एमालेको संशोधित विधान सार्वजनिक, के प्रावधान थपिए के हटाइयो ? (पूर्णपाठ)

नेकपा एमालेले बिधान महाधिवेशनबाट पारित प्रथम संशोधित विधान सार्वजनिक गरेको छ। एमालेको विधान २०४९ लाई २०७८ असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशनबाट संशोधनसहित पारित भएअनुसार केही परिमार्जन गरेर प्रकाशन गरिएको हो ।एमालेको विधान अनुसार अब केन्द्रमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव हुनेछन् । केन्द्रीय कमिटी २ सय २५ सदस्यीय हुनेछ । यसैगरी एमालेको केन्द्रिय निकायमा बिभिन्न ७ वटा परिषद र कमिटि रहनेछन। राष्ट्रिय महाधिवेशन, केन्द्रीय कमिटी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् , केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् एमालेका केन्द्रीय निकायका रुपमा हुनेछन्।त्यसैगरि पार्टीका निवर्तमान अध्यक्ष बरिष्ठ नेता हुनेछन्। महाधिवेशनले अन्यथा निर्धारण गरेकोमा बाहेक निजको मर्यादाक्रम अध्यक्षपछि रहनेछएमाले केन्द्रीय कार्यालयका अनुसार यो विधानको कार्यान्वयन कात्तिक ६ गते हुने वडा अधिवेशनहरुबाट सुरु हुने छ।एक तह मातहत कमिटीलई लेबी तथा शुल्क तोकेर, माथिल्लो कमिटीले तोकेको शुल्क र लेबी बुझाएर,  पार्टी प्रकाशन बिक्री–वितरण गरेर तथा  विधान तथा आर्थिक नियमावलीमा उल्लेख भएबमोजिमको अन्य आर्थिक स्रोत परिचालन र व्यवस्थापन गरेर स्रोत व्यवस्थापन गर्नेछ।

एमाले अनुशासन आयोग प्रमुख बोहोराको ओलीलाई पत्र : भोलिको बैठक तत्काल स्थगित गरौँ

काठमाडौं । एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षले सोमबारका लागि बोलाएको आयोजक समितिको बैठक तत्काल स्थगित गर्न माग गरेको छ । खनाल नेपाल पक्षका नेता तथा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्षसमेत रहेका अमृतकुमार बोहोराले आइतबार विशेष ध्यानाकर्षण पत्र जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।‘अहिले बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरु खोज्नुपर्नेमा उल्टै २०७८ बैशाख ६ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने काम गरिँदैछ । यसलाई तत्काल रोक्नुपर्दछ । उत्तेजना, आवेग र अभिमान